रामचन्द्र- शशांकको जोड: थप ध्रुवीकरण नगरौं, एकता कायम गरौं – Nepal Press

रामचन्द्र- शशांकको जोड: थप ध्रुवीकरण नगरौं, एकता कायम गरौं

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा.शशाकं कोइरालाले पार्टीभित्र थप ध्रुवीकरण बढ्न नदिन संयुक्त पहल थालेका छन् । पौडेल र कोइरालाले प्रधानमन्त्री शेरबहादुर देउवासमेतलाई भेटेर पार्टीभित्र एकताका पक्षमा पहल गर्न आग्रह गरेका छन् ।

निर्वाचन प्रक्रियाबाट अलग रहेका वरिष्ठ नेता पौडेलले प्रधानमन्त्री देउवासहित प्रतिस्पर्धामा रहेका नेताहरुलाई भेटेरै पार्टीभित्र वृहत्तर एकताका लागि थप ध्रुवीकरण नगर्न आग्रह गरेका हुन् । पौडेल र महामन्त्री कोइरालाका बीचमा पार्टीभित्रको सद्भाव खल्बलिन नदिन पहल गर्ने सहमति नै भएको छ ।

सहमति अनुसार दुवै नेताले अन्य नेताहरुसँग छुट्टाछुट्टै भेट गरी सहमति र एकताका लागि स्वस्थ लोकतान्त्रिक अभ्यास गर्न आग्रह गरेका हुन् ।

‘वरिष्ठ नेता पौडेल र महामन्त्री कोइरालाबीच पार्टीभित्र ध्रुवीकरण नहोस र गुटबन्दी अझ नबढोस भनेर सल्लाह भएको छ । त्यही सल्लाहअनुसार दुवै नेताले प्रधानमन्त्री देउवा, सभापतिका उम्मेदवार डा।शेखर कोइराला लगायतका नेताहरुलाई सम्पर्क गरेरै एकताका लागि आग्रह गर्नुभएको छ’, पौडेलनिकट एक नेताले भने ।

पौडेल र कोइराला दुवैले पार्टीभित्र देखिएका चुनौती सामना गर्न स्वस्थ लोकतान्त्रिक अभ्यासका लागि आग्रह समेत गरेका छन् । यसपटक निर्वाचनमा दुवै नेता कुनैपनि पक्षमा खुलेर लागेका छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर