कांग्रेस महाधिवेशनस्थलः पर्चाको मेलामा पुस्तकलाई हेला (तस्बिरहरू) – Nepal Press

कांग्रेस महाधिवेशनस्थलः पर्चाको मेलामा पुस्तकलाई हेला (तस्बिरहरू)

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनस्थल भृकुटीमण्डप अहिले पर्चामय छ । रुखका हाँगादेखि सडकका छेउकुना सबै पर्चाले ढाकिएका छन् ।

तर, यही भृकुटीमण्डपमा ज्ञानरुपी पुस्तकहरूको पनि कमी छैन । सडकपेटीहरुमा पुस्तकका थुप्रै स्टलहरू छन्, जहाँ तपाईं राजनीतिकदेखि दार्शनिकसम्म, विज्ञानदेखि आध्यात्मसम्मका पुस्तकहरू छानीछानी किन्न सक्नुहुन्छ । तर, पुस्तकका यी स्टलमा कुनै आकर्षण देखिँदैन ।

कांग्रेसका नेता-देखि कार्यकर्तासम्मका आँखा पुस्तकभन्दा पर्चातिरै दौडिरहेका हुन्छन् । पर्चाहरूको सभामा पुस्तकले ठाडो शिर गर्न सकेका छैनन् । एउटा राजनीतिक पार्टीको कुम्भमेलामा पुस्तकहरूको खोजी हुन सक्ने आशा लिएर आएका बिक्रेताहरू निराश बनेका छन् ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *