कांग्रेस चुनाव : २५ सय भन्दा बढी मत खस्यो – Nepal Press

कांग्रेस चुनाव : २५ सय भन्दा बढी मत खस्यो

काठमाडौं । नेपाली कांग्रेसको जारी महाधिवेशन अन्तर्गत भइरहेको सभापतिको दोस्रो चरणको मतदानमा २५ सय बढी मत खसेको छ ।

मतदान सुरु भएको तीन घण्टामा २५ सय बढी मत खसेको निर्वाचन समितिले जनाएको छ ।

चार हजार ७४३ जना मतदाता रहेको महाधिवेशनमा पहिलो चरणमा भने चार हजार ६८१ जनाले मतदान गरेका थिए ।

राष्ट्रिय सभागृहमा जारी मतदानका लागि ६ वटा बुथ राखिएको छ । सभापतिका लागि पहिलो चरणमा बढी मत पाएका शेरबहादुर देउवा र शेखर कोइराला मैदानमा छन् ।

पहिलो चरणमा देउवा, कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङबीच प्रतिस्पर्धा भएको भए पनि कुनै उम्मेदवारले ५० प्रतिशत भन्दा धेरै मत पाउन नसकेपछि दोस्रो चरणको मतदान भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर