कांग्रेस निर्वाचन : गणनास्थलसम्म यसरी पुर्‍याइयो मतपेटिका (तस्बिरहरु) – Nepal Press

कांग्रेस निर्वाचन : गणनास्थलसम्म यसरी पुर्‍याइयो मतपेटिका (तस्बिरहरु)

काठमाडौं । नेपाली कांग्रेसेको नेतृत्व चयनका लागि दोस्रो चरणको मतदान सम्पन्न भएको छ । अहिले मतपेटिकाहरु राष्ट्रिय सभागृहमा राखिएको छ । अबको केही बेरपछि गणना हुने निर्वाचन समितिले जनाउको छ ।

दोस्रो चरणमा भएको मतदानमा ४५६२ मत खसेको छ । पहिलो चरणमा भने ४६८१ मत खसेको थियो ।

पहिलो चरणमा कुनै पनि सभापतिका आकांक्षीले ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणको मतदान भएको हो । पहिलो चरणमा पनि कुल मतादतामध्ये ६४ जना अनुपस्थित रहेका थिए ।

दोस्रो चरणमा शेरबहादुर देउवा र शेखर कोइरालाको प्रतिस्पर्धा छ । देउवालाई प्रकाशमान सिंह र विमलेन्द्र निधिले समर्थन गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर