प्रदेश सदस्य घोषणा गरेर सकियो सुदूरपश्चिम माओवादीको सम्मेलन – Nepal Press

प्रदेश सदस्य घोषणा गरेर सकियो सुदूरपश्चिम माओवादीको सम्मेलन

कैलाली । माओवादीको प्रथम सुदूरपश्चिम प्रदेश सम्मेलन प्रदेश सदस्यहरू घोषणा गरेर सकिएको छ । शनिवार र आइतबारको लागि आयोजना गरिएको सम्मेलन नेतृत्वमा सहमति हुन नसकेपछि थप दुई दिन लम्बिएको हो ।

सबै जिल्लाका तर्फबाट प्रदेश सदस्यहरूमा सहमति भएपछि जुटाएर सदस्यहरू घोषणा गरिएको हो । तर, अझै पनि केही स्थानीय तहमा सहमति हुन सकेको छैन । सहमति हुन नसकेको ठाउँमा खाली राखिएको माओवादीका केन्द्रीय सदस्य वीरमान चौधरीले बताए ।

उनका अनुसार केही नाम खालि राखेर २२३ जनको प्रदेश कमिटी घोषणा गरिएको हो ।

सुदूरपश्चिम प्रदेश सम्मेलन मार्फत एक अध्यक्ष, तीन उपाध्यक्ष, सचिव, तीन सहसचिव र कोषाध्यक्ष गरी नौ जना पदाधिकारी सहित दुई सय २३ सदस्यीय प्रदेश कमिटी गठन गर्ने छ तयारी गरिएको थियो । तर, प्रदेश सदस्यको कोटामै विवाद बढेपछि पदाधिकारीको टुङ्गो नलगाई सम्मेलन सम्पन्न गरिएको हो ।

प्रदेश सदस्यको विषयमा प्रतिनिधीहरुले विरोध जनाएका छन् । मापदण्ड विना निकटलाई सदस्यमा बनाइएको र समेटिनु पर्ने व्यक्तिहरू पछि छुटेको भन्दै उनीहरूले निर्वाचन समितिलाई निवेदन पनि पेस गरेका छन् । विवाद बढेको भन्दै निर्वाचन समितिले कञ्चनपुरको बेदकोट नगरपालिकाबाट समेटिनु पर्ने सदस्यहरूको नाम सम्मेलनमा घोषणा गरिएन ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य नेप चौधरीले भने कञ्चनपुरमा केही समस्या रहेको भन्दै त्यहीबाट समाधान आउने बताए । पदाधिकारीहरू प्रदेश कमिटिको पहिलो बैठकबाटै टुङ्गो लगाइने चौधरीले जानकारी दिए ।

प्रदेश सदस्यहरूलाई मङ्गलवार राती नै सपथ ग्रहण गराइएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर