माओवादीको कर्णाली प्रदेश नेतृत्व आज चयन हुँदै, केसीको सम्भावना बलियो – Nepal Press

माओवादीको कर्णाली प्रदेश नेतृत्व आज चयन हुँदै, केसीको सम्भावना बलियो

सुर्खेत । नेकपा माओवादी केन्द्रको कर्णाली प्रदेश नेतृत्व आज चयन हुँदैछ । सर्वसम्मत चयन भएका २ सय ११ जना प्रदेश सदस्यमध्येबाट नेतृत्वसहित पदाधिकारी चयनका लागि आज ११ बजे बैठक बोलाइएको छ ।

यसअघि माओवादीले सबै जिल्लाबाट समानुपातिक प्रतिनिधित्व हुने गरी प्रदेश सदस्य चयन गरेको थियो । जसमा रुकुम पश्चिमबाट ३२, सल्यानबाट २९ कालीकोटबाट २९, जाजरकोटबाट २६, सुर्खेतबाट २१, जुम्लाबाट १८, हुम्लाबाट १८, दैलेखबाट १७, डोल्पाबाट ११, र मुगुबाट १० जना चयन भएका छन् ।

माओवादी केन्द्रले प्रदेश समितिमा महिला ३५ प्रतिशत, दलित २५ प्रतिशत, युवा २० प्रतिशत र अल्पसंख्यक ५ प्रतिशत समेट्ने गरी विधान निर्माण गरेको जनाएको छ ।

‘केन्द्रीय सदस्यहरुले प्रदेशमा दावी नगर्ने सहमति भएको हो । सोहि अनुसार आज नेतृत्व चयन हुनेछ,’ माओवादीका एक केन्द्रीय सदस्यले नेपाल प्रेससँग भने ।

प्रदेश अध्यक्षमा उम्मेदवार पुर्ब मन्त्री बिमला केसी अध्यक्ष बन्ने सम्भावना देखिएको छ । उनले प्रदेश सम्मेलन सुरु भएदेखि नै अध्यक्षमा दावेदारिता पेश गरेकी थिइन् ।

‘केसी अध्यक्ष बन्नेमा करिव निश्चितजस्तै भएको छ,’ माओवादी स्रोतले भन्यो, ‘सवैजना उहाँको पक्षमै देखिएका छन् । केन्द्रीय सदस्यहरु प्रदेशमा नआउने भएपछि उहाँ बलियो दाबेदार बन्नुभएको छ ।’

नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन पुस १२ र १३ गते काठमाडौंमा हुँदैछ । त्यसका लागि वडा हुँदै मंसिर २५ र २६ गते प्रदेश सम्मेलन गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर