ओलीमाथि रामचन्द्र पौडेलको आरोप- संसद् अवरोध गरी देशलाई अस्थिरतातर्फ धकेल्ने दुष्प्रयास गर्दैछन् – Nepal Press

ओलीमाथि रामचन्द्र पौडेलको आरोप- संसद् अवरोध गरी देशलाई अस्थिरतातर्फ धकेल्ने दुष्प्रयास गर्दैछन्

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले लगातार संसद अवरोध गरेर देशलाई अस्थिरतातर्फ धकेल्ने दुष्प्रयास गरेको आरोप लगाएका छन् ।

‘६ महिनाको समयमा २–२ पटक संसद् विघटन गरेर व्यवस्थालाई नै संकटमा पुर्‍याउने एमाले ओलीले महिनौ दिनदेखि संसद अवरोध गरेर विघटन सही थियो भनेर सिद्ध गराउने र अन्ततः देशलाई अस्थिरतातर्फ धकेल्ने दुस्प्रयास गर्दैछन्,’ पौडेलले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

सरकारले पनि संसद सूचारू गराएर देशलाई लोकतान्त्रिक गति दिने सार्थक प्रयास गर्नुपर्ने उनको भनाइ छ। सरकार सदन बीचैमा अन्त्य गरी अघि बढेमा ओलीको नियतिका सामू समर्पण गरेको ठहरिने उनले उल्लेख गरेका छन् ।

‘संसद चलाउछु र संसदबाटै सबै निकास खोज्छुु भनेर आएको सरकारले पनि संसद सूचारू गराएर देशलाई लोकतान्त्रिक गति दिने सार्थक प्रयास नगरी सदनलाई बीचैमा अन्त्य गरी अघि बढ्यो भने ओलीको नियतिका सामू समर्पण गरेको ठहरिनेछ,’ उनले भनेका छन्, ‘राष्ट्रलाई अनिश्चिततातर्फ धकेल्ने यी आपत्तिजनक क्रियाकलापतर्फ सचेत रहन आमनागरिकको ध्यानाकर्षण गर्दछु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर