गगन थापा भन्छन्ः शेखर कोइरालाले ४० प्रतिशत भाग खोज्नु हुँदैन (भिडिओ) – Nepal Press

गगन थापा भन्छन्ः शेखर कोइरालाले ४० प्रतिशत भाग खोज्नु हुँदैन (भिडिओ)

'नेतृत्व परिवर्तनको कुरा गर्नेहरु रातारात कसरी बदलिए ?'

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा महामन्त्रीका प्रत्याशी गगनकुमार थापाले सभापतिको निर्वाचनमा पराजित भएपछि शेखर कोइरालाले संस्थापनसँग ४० भागबण्डा खोज्नु नहुने बताएका छन् । पार्टीमा अब गुटलाई विर्सेर विधिको आधारमा निर्णय लिनुपर्नेमा उनलेव जोड दिए ।

चुनावपछि कांग्रेस प्रतिनिधहरुलाई धन्यवाद दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा थापाले आफ्नो प्यानलबाट पराजित सभापति कोइरालालाई आफूलाई भोट दिनेहरुको जिम्मेवारी लिन आग्रह गरे ।

उनलेव भने, ‘उहाँले अबका ५ वर्ष ४० प्रतिशत मतदाताको जिम्मेवारी बोकेर हिँड्नुपर्छ । तर, ४० प्रतिशत भाग चाहिन्छ भनेर भाग शान्ति गर्ने होइन । पार्टीको पालना गर्दा ४० प्रतिशत आफैं प्राप्त हुन्ज्छ, माग्नु पर्दैन ।’

गगनले मध्यरातसमम नेतृत्व परिवर्तनको वकालत गर्नेहरु विहान भएपछि कसरी बदलिए भन्ने प्रश्न समेत गरे ।

उनले भने, ‘मध्यरातसम्म यो नेतृत्व दोहोरियो भने बर्बाद हुन्छ भन्नेहरु ६ घन्टापछि यो नेतृत्व नआए बर्बाद हुन्छ भन्ने अवस्थामा कसरी पुगे ?’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर