ओलीले लोकतान्त्रिक व्यवस्था विघटन गर्ने प्रयास गरिरहेको मन्त्री झाँक्रीको आरोप (भिडिओ)
काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाक्रीले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली लोकतान्त्रिक व्यवस्थालाई विघटन गर्नेतर्फ उद्यत रहेको बताएकी छन् ।
बुधबार जनकपुर पुगेकी मन्त्री झाक्रीले पत्रकार सम्मेलनमा बोल्दै एमाले अध्यक्ष ओली लोकतान्त्रिक व्यवस्था नै विघटन गर्नेतर्फ उद्यत रहेको बताएकी हुन् ।
संसदको औचित्यमाथि प्रश्न उठाएर संसद विघटन गराउने तर्फ लागेको भन्दै मन्त्री झाँक्रीले ओलीजस्तो अहंकारी व्यक्तिहरुको शिकार संसद बन्नुहुन्छकि बन्नुहुँदैन भन्ने सम्बन्धमा बहस चलाउनुपर्ने आवश्यकता रहेको बताइन् ।
ओलीले आफुले गरेको संसद विघटनको औचित्य पुष्टि गर्नका लागि संसद चल्न नदिएको उनको भनाई छ । उनले सरकारले संसदमा विजनेश दिने र आवश्यक कानून निर्माण गर्ने सम्बन्धमा अग्रसरता लिने पनि बताइन् ।
मन्त्री झाक्रीले एमाले पार्टी दक्षिणपन्थी विसर्जनवादी बाटोमा लागेको आरोप लगाइन् ।
एमालेको दशौँ महाधिवेशनमा लोकतान्त्रिक अभ्यास नगर्नु र योग्यता नपुगेकाहरुलाई पार्टीको माथिल्लो तहमा लानुले एमाले दक्षिणपन्थी विर्सजनवादी बाटोमा लागेको पुष्टि भएको उनको भनाई छ ।
मन्त्री झाक्रीले श्रमजिवी, सर्वहारा वर्गको साँचो नेतृत्व गर्ने पार्टी नेकपा(एकीकृत समाजवादी) भएको दाबी पनि गरिन् ।
तिमी विदेशीकाे लागि दलाली गरिरहेकी छाै ।