जनमत पार्टीले तोक्यो उम्मेदवारको आर्थिक मापदण्ड : सांसद लड्न ५० लाख देखाउनुपर्ने ! – Nepal Press

जनमत पार्टीले तोक्यो उम्मेदवारको आर्थिक मापदण्ड : सांसद लड्न ५० लाख देखाउनुपर्ने !

जनकपुरधाम । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले अगामी निर्वाचनलाई लक्षित गर्दै तीनै तहका उम्मेदवारहरुको लागि आर्थिक मापदण्ड तयार पारेको छ ।

धनुषाको ढल्केबरमा बसेको जनमत पार्टीको विस्तारित बैठकले उम्मेदवारका लागि आर्थिक मापदण्ड तयार पारेको हो ।

बैठकले निर्वाचनमा प्रचार प्रसार, चुनावी सभा, स्वयंसेवक व्यवस्थापन र धरौटीका लागि उम्मेदवारले न्यूनतम रकमको जोहो गर्नुपर्ने मापदण्ड बनाएको प्रेस जनमत संघका केन्द्रीय अध्यक्ष बिपी साहले बताए ।

उनका अनुसार प्रतिनिधिसभा सदस्य अर्थात् संघीय सांसदको उम्मेदवार बन्न न्यूनतम ५० लाखको व्यवस्था गरेको देखाउनुपर्छ । प्रदेशसभा सदस्य, का लागि २५ लाख, पालिका अध्यक्षका लागि १२ देखि १५ लाख र वडाध्यक्षका लागि उम्मेदवारहरुले २ लाख ५० हजार रुपैयाँ जोहो गर्नुपर्ने आर्थिक मापदण्ड बनेको छ ।

बैठकमा पार्टी अध्यक्ष डा. राउतले उम्मेदवारबाट पार्टीलाई कुनै किसिमको आर्थिक सहयोग नचाहिने भन्दै आर्थिक मापदण्ड अनुसारको न्यूनतम रकम चुनावमा खर्च गर्ने मानसिकता बनाउन सुझाए ।

‘पैसा नभएकै कारण चुनाव लड्न नपाउने भनेको हैन’, उनले भने, ‘समाजमा काम गरेका र राम्रो छवि भएका व्यक्तिका लागि खर्च व्यवस्थापन ठूलो समस्या होइन् । यद्दपी न्यूनतम खर्चको व्यवस्थापन गर्नुपर्ने हुन्छ ।’

अहिलेसम्म अन्य दलले उम्मेदवारका लागि आर्थिक मापदण्ड तयार पारेका छैन । तर बढी पैसा भएका व्यक्तिलाई मात्र टिकट दिने प्रबृति दलहरुमा हावी भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर