कांग्रेस निर्वाचन : उपसभापतिमा गुरुङ र खड्काको अग्रता, गच्छदारले पच्छ्याउँदै – Nepal Press

कांग्रेस निर्वाचन : उपसभापतिमा गुरुङ र खड्काको अग्रता, गच्छदारले पच्छ्याउँदै

काठमाडौं । नेपाली कांग्रेस उपसभापतिको मतगणना जारी रहेको छ ।

पार्टी कार्यालय सानेपामा जारी गणनामा धनराज गुरुङ र पूर्णबहादुर खड्काले अग्रता लिएका छन् । उनीहरुलाई विजयकुमार गच्छदारले पच्छ्याइरहेका छन् ।

अहिलेसम्म सार्वजनिक परिणाम अनुसार गुरुङले १३१, खड्काले १२८ मत ल्याएका छन् । उनीहरुलाई पच्छ्याइरहेका गच्छदारले १२२ मत ल्याएका छन् ।

यस्तै, चन्द्र भण्डारीले ९५ मत, सुजाता कोइरालाले ३६, महेश आचार्यले २५ मत ल्याएका छन् । यस्तै दिव्येश्वरी शाहले ६ मत पाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर