कांग्रेस उपसभापतिमा चारजनाको टक्कर, पछि परे महेश र सुजाता – Nepal Press

कांग्रेस उपसभापतिमा चारजनाको टक्कर, पछि परे महेश र सुजाता

काठमाडौं । कांग्रेस उपसभापतिको निर्वाचनमा चार उम्मेवारहरुबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । उनीहरु देउवा र शेखर कोइराला प्यानलका छन् ।

मतगणनाको सुरुमा शेखर प्यानलका धनराज गुरुङले लिड गरेका थिए । देउवा प्यानलका पूर्णबहादुर खड्का उनको आसपासमा छन् । उनीहरुबीच पहिलो स्थानमा उछिनपाछिन भइरहेको छ ।

यस्तै देउवा प्यानलका विजय गच्छेदार र शेखर प्यानलका डा. चन्द्र भण्डारी पनि धेरै पछाडि छैनन् । मतगणनाको अन्त्यसम्ममा यीनै चार नेतामध्ये दुई जना उपसभापति बन्ने निश्चित देखिएको छ ।

उपसभापतिको दौडमा महेश आचार्य र सुजाता कोइराला भने पछाडि परेका छन् । कुनै गुटमा नसमेटिएका पौडेलले स्वतन्त्र उम्मेदवारी दिएका थिए । यस्तै, प्रकाशमान सिंहको प्यानलबाट लडेकी सुजाताले पनि उल्लेख्य भोट ल्याउन सकेकी छैनन् । आचार्य र कोइराला लगभग प्रतिस्पर्धाबाट बाहिरिएका छन् । विमलेन्द्र निधीको प्यानलबाट उठेकी दिवेश्वरी शाहको मत पनि नगण्य छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर