प्रचण्डको कडा वक्तव्य- कि राजासँग गरेको सम्झौता प्रमाणित गर्नुस् नत्र माफी माग्नुस्
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शाही शासनको समयमा ज्ञानेन्द्र शाहसँग पाँच बुँदे सहमति गरेको केपी ओलीको आरोपप्रति कटाक्ष गरेका छन् ।
आज वक्तव्य जारी गर्दै प्रचण्डले ओलीको दरिद्र राजनीतिक चरित्र प्रदर्शित भएको भन्दै कथित सहमति प्रमाणित गर्न चुनौती दिएका छन् । प्रमाणित गर्न नसके जनतासामु माफी माग्नुपर्ने प्रचण्डको माग छ ।
‘पूर्वराजा ज्ञानेन्द्र शाहसँग प्रचण्डको पाँच बुँदे सहमति भएको थियो भन्ने शत प्रतिशत झुटो कुरा प्रचार गरेर उनले आफ्नो दरिद्र राजनैतिक चरित्र मात्र प्रदर्शन गरेका छन्,’ प्रचण्डको भनाइ छ, ‘म के. पी. ओलीलाई “पाँच बुँदे सहमति” प्रमाणित गर्न र प्रमाणित गर्न नसके झूटो बोलेकोमा जनतासँग माफी माग्न चुनौती दिन्छु ।’
निकै कडा भाषामा जारी गरिएकाे वक्तव्यकाे सुरुमै भनिएकाे छ, ‘दलाल पूँजिपति वर्ग र प्रतिगमनको राजनीतिक प्रतिनिधिका रूपमा देखा परेका एमाले गुटका अध्यक्ष केपी शर्मा ओली झूट, बेइमानी र धोकाको अर्को नाम हो भन्ने तथ्यलाई हालैको आफ्नै अभिव्यक्तिले प्रमाणित गरेका छन् ।’
ओलीले बुधबार तत्कालीन राजा ज्ञानेन्द्र शाह र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सहमति भएर माघ १९ को घटना भएको दाबी गरेका थिए । ।
प्रचण्ड दलाल मात्र होइनन् यी त नेपाली जनता मारेर , लाखौं नेपाली युवा विदेश पलायन गराउने मतियार हुन् , राजनेता , देशभक्त नेता केपी शर्मा ओली एक राष्ट्रवादी नेता हुन् , उनको बारेमा जनतालाई भ्रमित पारेर यीनको चरित्र देखाएको छन्
तात्कालिन राजा ज्ञानेन्द्र र माओबादी विच भएको ५ बुँदे सहमतिको गुदी कुरा :-
माओबादी र तात्कालिन राजा ज्ञानेन्द्रसंग ५ बुँदे सहमति भएको थियो भनेर अध्यक्ष ओलीले भन्दा त्यसको प्रमाण देखाउन ओलीले सकेनन भनेर केही मेडियाहरुले लेखेका छन् । यसमा थप केही प्रष्ट पार्नु पर्ने देखियो ।
बिषयहरु यस्ता थिए :
१. राजा ज्ञानेन्द्रले तात्कालिन संसदीय राजनीतिक दलहरुलाइ स्याक गर्नु पर्ने, सबै नेताहरुलाइ जेल चलान गरेर पार्टीहरुलाइ प्रतिबन्ध लाउनु पर्ने । त्यसै अनुरुप २०६० माघ १९ को घटना घटाइएको थियो ।
२. ज्ञानेन्द्र राजा रहने र माओबादीलाइ निशर्त सत्ता सुम्पिनु पर्ने ।
३. राजा ज्ञानेन्द्र नयाँ राजा भएकाले उनलाइ देशभरी डुलेर नागरिक अभिनन्दन गर्न दिनु पर्ने र ज्ञानेन्द्रले लोकप्रियता बढाउन पाउनु पर्ने । यस अनुसार माओबादी युद्धकै विचमा उनि नागरिक अभिनन्दन गर्न देश घुमेका थिए ।
४. तात्कालिन माओबादी लडाकुलाइ निशर्त नेपाली सेनामा मिसाउनु पर्ने ।
५. जेलमा रहेका सबै माओबादी नेता कार्यकर्ताको रिहाइ गर्नु पर्ने ।
त्यसबेला यि बिषयमा कुराकानी गर्न समन्वय गर्ने मान्छे जीउदै छन् । पछी राजाको प्रतिनिधीको रुपमा कमल थापा माओबादीसंग थप छलफल गर्न खटिएका थिए । पहिलो बुँदा बाहेक सबै बिषयमा राजा र माओबादी विच सहमति जुट्यो । तर पहिलो बुँदामा ज्ञानेन्द्रले तत्काल सहमति जनाउन सकेनन । ५ बुँदा मध्य अन्य बुँदामा सहमति भएकाले बाँकी एउटा बुँदा थप छलफलबाट पछी मिल्छ भन्ने आशामा माओबादीले राजा ज्ञानेन्द्रलाइ २०६० माघ १९ को घटना घटाउन उक्साए र ज्ञानेन्द्रले सोही काम सम्पन्न गरेर देउवा सरकार बर्खास्त गरे, तत्काल आफ्नो अध्यक्षतामा नयाँ सरकार गठन गरे, प्रमुख नेताहरुलाइ गिरफ्तार गरेर जेल पठाए, कसैलाइ नजरबन्दमा राखे ।
टुङग्याउन बाँकी एउटा बुँदामा थप छलफल गर्न ज्ञानेन्द्रले कमल थापालाइ खटाए भने माओबादीले बाबुराम भट्टराइलाइ खटायो । छलफल गर्न नेपालगंज स्थित राप्रपा नेता धवलशमशेर राणाको घरमा बस्ने तय भयो । राजा ज्ञानेन्द्रले माओबादीका अन्य सबै माग पुरा गरिदिने तर कांग्रेस एमाले सहीतका तात्कालिन संसदीय राजनीतिक दलहरुलाइ प्रतिबन्ध लगाउन नसक्ने भन्ने जवाफ दिएपछी सो वार्ता भंग भएको थियो । ज्ञानेन्द्रको तर्क थियो – राजनीतिक दलहरुलाइ प्रतिबन्ध लगाइए अन्तराष्ट्रिय शक्ति र मुलुकहरुको समर्थन प्राप्त गर्न सकिदैन, जसले गर्दा राजतन्त्र नै समाप्त हुने खतरा हुन्छ भन्ने भयो । माओबादीलाइ सो कुरा मान्य भएन ।
यसरी माओबादी र राजा ज्ञानेन्द्र विचको सम्झौता भंग भएको थियो । त्यसपछी माओबादीले भारतको सहयोग जुटाइदिन एसडीमुनी मार्फत तात्कालिन भारतिय प्रम अटल बिहारी बाजपेयीसंग अनुरोध गरे । सोही अनुसार भारतको अहितमा कुनै काम गर्ने छैनौ, हामीलाइ बचाउनु पर्यो भनेर अटल बिहारी वाजपेयीलाइ प्रचन्ड बाबुराम दुबैले हस्ताक्षर गरेको लिखित विन्तिपत्र हाले । त्यसैको जगमा माओबादीले ६२ साल भदौमा चुनवाङ बैठक गरी आफ्नो कार्यदिशा बदल्यो र माओबादी र दलहरु विच दिल्लीको १२ बुँदे सहमति भयो । अनि माओबादी ७ दलको जनआन्दोलनलाइ समर्थन गर्न तयार भएको थियो ।