कांग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाशको अग्रता, पछि परे देउवा पक्षका दुवै उम्मेदवार – Nepal Press

कांग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाशको अग्रता, पछि परे देउवा पक्षका दुवै उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री पदको जारी मतगणनामा गगन थापा र विश्वप्रकाशको अग्रता जारी रहेको छ ।

१४९५ मतको गणना सकिँदा गगन ९५५ मतका साथ पहिलो स्थानमा छन् । विश्वप्रकाले ६६० मत ल्याएर दोस्रो स्थानमा आफूलाई सुरक्षित राखेका छन् ।

संस्थापन पक्षका दुई उम्मेदवार प्रदीप पौडेल र प्रकाशशरण महत क्रमश: तेस्रो र चौथो स्थानमा छन् । महतले ४९१ र पौडेलले ४४९ मत ल्याएका छन् ।

मिनेन्द्र रिजालको २७५ मत आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर