कांग्रेस महामन्त्रीमा संस्थापनका दुवै उम्मेदवार पराजित, कसको मत कति ? – Nepal Press

कांग्रेस महामन्त्रीमा संस्थापनका दुवै उम्मेदवार पराजित, कसको मत कति ?

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री पदमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । उनीहरू दुवैजना देउवाइतरको छुट्टाछुट्टै प्यानलबाट उठेका थिए ।

निर्वाचन समितिका अनुसार ४६८२ मत गणना हुँदा गगनकुमार थापा ३०२३ मत प्राप्त गरे। १९८४ मत ल्याएर विश्वप्रकाश शर्मा दोस्रो बने । गगन शेखर कोइराला र विश्वप्रकाश प्रकाशमानको प्यानलबाट महामन्त्री लडेका थिए । ४३ मत बदर भएको छ ।

सभापतिमा विजयी शेरबहादुर देउवा प्यानलका उम्मेदवारहरू प्रकाशशरण महतले १५५६ र प्रदीप पौडेलले १३९३ मत प्राप्त गरे ।

शेखरकै टिमका मीनेन्द्र रिजालले ८०९ मत ल्याए । अर्का उम्मेदवार राजाराम कार्कीले १०६ मत पाएका छन् ।

यद्यपि निर्वाचन समितिले आधिकारिकरूपमा घोषणा गर्न बाँकी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर