रक्षामन्त्री रिजालले प्रधानमन्त्रीलाई बुझाए राजीनामा – Nepal Press

रक्षामन्त्री रिजालले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

काठमाडाै‌ं । रक्षामन्त्री डा. मीनेन्द्र रिजालले पदबाट राजीनामा दिएका छन् । नेपाली कांग्रेसका महामन्त्री पदमा उठेका रिजालले मतगणनामा पछि परेपछि राजीनामा दिने घोषणा गरेका थिए ।

सिंहदरबारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर रिजालले राजीनामा पत्र बुझाएका छन् ।

फेसबुकमा स्टाटस लेख्दै उनले मतगणनाको अन्तिम परिणाम प्राप्त हुनासाथ प्रधानमन्त्रीसमक्ष राजीनामा पेस गर्ने बताएका थिए ।

शेखर कोइराला प्यानलबाट महामन्त्री लडेका मीनेन्द्रले चौथो स्थानको मत प्राप्त गरेका थिए ।

‘नेपाली कांग्रेसको चौधौं राष्ट्रिय महाधिवेशनको निर्वाचन परिणामले पार्टीभित्र मेरो समर्थनको आधार अत्यन्त संकुचित भएको स्पष्ट छ । यस कुरालाई हृदयंगम गर्दा मैले रक्षा मन्त्री पदमा रही रहनु नैतिक रुपमा उपयुक्त हुन्न’, राजीनामा पत्रमा रिजालले भनेका छन्, ‘तसर्थ रक्षा मन्त्री पदवाट राजीनामा दिएको छु । रक्षा मन्त्रीको जिम्मेवारीमा रही राष्ट्रको सेवा गर्ने अवसर दिनुभएकोमा हार्दिक आभार व्यक्त गर्दछु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर