अमेरिकाको बहिष्कारको बाबजुद पुटिनले बेइजिङ ओलम्पिकमा उपस्थिती जनाउने
नेपाल प्रेस
२०७८ पुष १ गते १७:५१
बेइजिङ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सि जिनपिङका बीचमा आगामी फेब्रुअरीमा भेट हुने भएको छ । उनीहरुबीच चिनियाँ राजधानी सहर बेइजिङमा भेट्ने कार्यक्रम रहेको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् ।
दुई नेताको बीचमा बुधबार भर्चुअल विधिबाट फोन सम्वाद भएको थियो । त्यस सम्वादका क्रममा रुसी राष्ट्रपति पुटिनले आफू आगामी फेब्रुअरीमा बेइजिङ आउन इच्छुक रहेको जानकारी दिएका थिए ।
फेब्रुअरी महिनामा आयोजना हुन लागेको बेइजिङ विन्टर ओलम्पिक समारोहमा आफू उपस्थित हुन इच्छुक रहेको जानकारी उनले दिएका थिए । चिनियाँ सञ्चारमाध्यमहरुले आज सो कुराको जानकारी दिएका छन् । रासस
प्रतिक्रिया