अब आधुनिक कांग्रेस बन्छ : विश्वप्रकाश शर्मा – Nepal Press

अब आधुनिक कांग्रेस बन्छ : विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले अब आधुनिक कांग्रेस बन्ने बताएका छन् ।

पार्टीको महामन्त्री निर्वाचित भएपछि बिहीवार सानेपास्थित पार्टी कार्यालयमा बोल्दै महामन्त्री शर्माले आफ्नो जित केवल एउटा व्यक्तिको जित नभइ बदलिएको कांग्रेस र बलियो कांग्रेस बनाउने आकांक्षाको जित भएको बताए ।

उनले अबका दिनमा पार्टी हिजोको जसरी नचल्ने भन्दै रुपान्तरीत भएर जाने बताउनुभयो । अब आधुनिक कांग्रेस बन्ने उनको भनाई छ ।

महामन्त्री शर्माले कांग्रेसलाई आगामी निर्वाचनमा बिजयी गराउन सक्ने तागतको रुपमा बदल्ने पनि बताए । उनले भने, ‘यो व्यक्तिगत रुपमा विश्वप्रकाश शर्मालाई उहाँहरुले छनौट गर्नुभएको, एउटा व्यक्तिलाई जिताउनुभएको या एउटा गुटलाई जिताउनुभएको होइन् । पार्टीलाई आजका जीवन्त र ज्वलन्त मुद्दाहरुलाई बुझ्न सक्ने बनाएर नेपाली समाजको नविन ढंगले नेतृत्व गर्नसक्ने कांग्रेस बनाउने उहाँहरुको अपेक्षाको, उहाँहरुको आकांक्षाको जित हो । म जति गौरवान्वित छु । त्यत्तिकै आफ्नो जिम्मेवारीप्रति गम्भिर पनि छु । कांग्रेस जसरी हिजो चलेको थियो । अब त्यसरी चल्दैन । कांग्रेस रुपान्तरित भएर जान्छ । अब आधुनिक कांग्रेस बन्नेछ । बदलिएको कांग्रेस र बलियो कांग्रेस बनाउने आकांक्षाको जित भएको छ । निष्ठका साथ, जिम्मेवारीका साथ, विनम्रता, संयमताका साथ कार्य गर्दै जानेछौँ । रुपान्तरित कांग्रेस देश समक्ष राख्नेछौँ । आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी गराउन सक्ने तागतको रुपमा बदल्नेछौँ ।’

महामन्त्री शर्माले आफ्नो जिम्मेवारीलाई निष्ठा, विनम्रता र संयमताका साथ पुरा गर्ने प्रतिवद्धता व्यक्त गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर