ओलीविरुद्ध कडा वक्तव्य निकाल्ने प्रचण्डले राजा र माओवादीबारे खुलासा गर्ने रन्जित रे को किन गरे प्रशंसा ? – Nepal Press

ओलीविरुद्ध कडा वक्तव्य निकाल्ने प्रचण्डले राजा र माओवादीबारे खुलासा गर्ने रन्जित रे को किन गरे प्रशंसा ?

पूर्व भारतीय राजदूत लेख्छनः ज्ञानेन्द्र र माओवादीले दलहरुलाई एक्ल्याउन खोजेका थिए

इटहरी । २०६१ माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्रले सम्पूर्ण शासन सत्ता आफ्नो हातमा लिनुअघि तत्कालीन विद्रोही माओवादीका सुप्रिमो प्रचण्डसँग उनको संवाद भइरहेको थियो ?

यसबारेमा माओवादी नेताहरुलेमात्र होइन तत्कालीन राजाका सैनिक सचिव विवेक शाह लगायतले समेत प्रशस्त खुलासा गरेका छन् ।

संसदवादी दललाई एक्ल्याएर सत्ता साझेदारी गर्नेबारे माओवादी र तत्कालीन राजाबीच सहमति हुनै लाग्दा माघ १९ को कदम चालिएको थियो भन्ने कुरा पनि बेला बेला आइरहेका छन् ।

तर गत बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष पुष्पकम दाहाल ‘प्रचण्ड’ले ज्ञानेन्द्रसँग सहमति नै गरेका थिए र माघ १९ को उपद्रो त्यहिकारण थियो भनेपछि प्रचण्डले कडा वक्तव्य निकालेर प्रमाणित गर्न चुनौति दिएका छन् ।

प्रचण्डको वक्तव्यमा ओलीप्रति प्रयोग गरिएका शब्दहरु हेर्दा उनी निकै क्रुद्द छन् भन्ने बुझिन्छ । उता प्रचन्डले ज्ञानेन्द्रसँग साँठगाँठ र शक्ति बाँडफाँड प्रयास गरेको तर ज्ञानेन्द्रले संकटकाल लाएपछि असफल भएको हिसिया यमीले आफ्नो पुस्तकमा लेखेको कुरा समेत बिहिबार चर्चामा आयो । यमीले प्रचन्ड धेरै पछि मात्रै बाबुरामको गणतन्त्रको लाइनमा सहमत भएको र त्यसको औपचारिकता चुङवाङ बैठकबाट भएको लेखेकी छन् ।

ओलीले र यमी जस्तै प्रचण्ड नेतृत्वको माओवादी र राजा ज्ञानेन्द्रको हिमचिमको बारेमा पूर्व भारतिय राजदूत रन्जित रेले समेत उल्लेख गरेका छन् ।

रेले हालसालै प्रकाशन गरेको पुस्तक ‘काठमाण्डौ डिलेमा’मा यस्तो कुरा उल्लेख छ । माओवादी हिंसात्मक युद्धताको चरमचुलिताकाका सन २००२ देखी २००६ सम्म भारतीय विदेश मन्त्रालयको उत्तरी डिभिजन प्रमुख भएका रेले आफ्नाे पुस्तकको दोश्रो अध्याय ‘हिंसात्मक परिवर्तनः माओवादी विद्रोह’मा यस बारेमा चर्चा गरेका छन् ।

रे लेख्छन, ‘… यो प्रस्ट थियो कि राजा (ज्ञानेन्द्र) र माओवादी दुवै नेपालको राजनीतिक धरालतमा व्यापक परिवर्तन गर्न चाहान्थे । दुवैले लोकतान्त्रिक शक्तिहरुलाई साझा दुस्मन देख्थे र दुवैले राजनीतिक दलहरुलाई अलग्याएर एक अर्कालाई प्रयोग गर्न चाहान्थे ।’

यस्तै रेले सोहि अध्यायमा नेपालका लोकतान्त्रिक दलहरु भारतसँग निकट भएको भन्दै सहअस्तित्व र सहकार्यको लागी तयार भएको लेखेका छन ।

रोचक कुरा चाहि, यमी र रेले प्रचण्ड र ज्ञानेन्द्रको सहकार्यका बारेमा लेख्दा मौन भएका प्रचण्डले ओलीको कुरामा भने कडा प्रतिक्रिया दिएका छन् ।

अझ रोचक कुरा त रेको पुस्तकको नेपालमा केहि समय अगाडि भएको प्यानल डिस्कसनमा प्रचण्ड आफै प्रमुख वक्ताका रुपमा सहभागी भएका थिए । त्यस डिस्कसनमा समेत उनले रेको पुस्तकमा आफ्नो र राजाको सहकार्यका बारेमा आएको कुराको खण्डन गरेका थिएनन् ।

बरु उनले रन्जित रे को प्रशंसा गर्दै उनको पुस्तकले माओवादी आन्दोलनबारे भ्रम तोड्न सहयोगी भएको टिप्पणी गरेका थिए । जुन भिडियोसहितको समाचार यो लिंकमा पढ्न सकिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर