मतगणना नसकिँदै कांग्रेसका थारु क्लस्टरको महामन्त्रीमा कृष्ण सिटौलानिकट उमाकान्त विजयी – Nepal Press

मतगणना नसकिँदै कांग्रेसका थारु क्लस्टरको महामन्त्रीमा कृष्ण सिटौलानिकट उमाकान्त विजयी

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनको मतगणना जारी रहँदा थारु क्लस्टरतर्फको सहमहामन्त्री पदमा उमाकान्त चौधरी निर्वाचित भएका छन् । मतगणना नसकिदै उनको विजय निश्चित भएको हो ।

पछिल्लो मत परिणाम अनुसार ४३६८ मत गन्दा उमाकान्त चौधरीले २५४५ र तेजुलाल चौधरीले १७७२ मत पाएका छन् ।

तीन सय भन्दा केही मत मत गन्न बाँकी रहदा उनीहरुबीको मतान्तर सात सय भन्दा बढी भएपछि चौधरी समर्थकले विजय उत्सव मनाउन थालेका छन् ।

कृष्ण सिटौला निकट चौधरी शेरबहादुर देउवाको प्यानलबाट उम्मेदवार थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर