माओवादीनिकट जनसांस्कृतिक महासंघको अध्यक्षमा मातृका पोखरेल
काठमाडौं। नेकपा (माओवादी केन्द्र) निकट जनसांस्कृतिक महासंघको अध्यक्षमा मातृका पोखरेल चयन भएका छन्। महासंघको शनिबार काठमाडौंमा सकिएको सातौं राष्ट्रिय सम्मेलनले पोखरेलको नेतृत्वमा विभिन्न पदाधिकारी र सदस्य चयन गरेको हो । यसअघि सरल सहयात्री अध्यक्ष थिए।
१३ सदस्यीय पदाधिकारीमा एक उपाध्यक्ष, महासचिव र २ सचिव भने यचन गर्न बाँकी छ । नियुक्त भएका १० उपाध्यक्षहरुमा कर्णबहादुर परियार, केशव शिलवाल, देवेन्द्र थुम्केली, प्रगति महरा, भीम कुमाखी, राकेश किराँती, केपी पाठक, सुदिन चौधरी, चेतन सापकोटा र विक्रम कुवर रहेका छन् । त्यस्तै सचिवमा केशरी घर्तीमगर चयन भएकी छन् ।
महासचिवमा सुवर्ण हमाल र केशर कालिकोटेले दावी गरेपछि केन्द्रीय समितिले उपयुक्त समयमा सर्वसम्मतको प्रयास गर्ने बताइएको छ । सहमति नभए चुनावी प्रक्रियामा गएर भए पनि बाँकी पदाधिकारी नियुक्त गर्ने बताइएको छ ।
कोषाध्यक्षमा भने विमला केसी चयन भएकी छिन् । पदाधिकारी बाहेक ९५ सदस्यीय केन्द्रीय सदस्य चयन गरिएको छ ।
बिद्युत प्राधिकरणमा लामो समय सहकार्य गर्दा अत्यन्त ईमानदार र आर्थिक रुपमा स्वच्छ छवि र जनमुखी आचरण भएको साच्चैनै उन्नत कविता जस्तै कवि हुनुहुन्छ मातृका जी! बहीको कार्यकाल सफल रहोस्।