भैंसी, बाख्रा, कुखुरा र माछा पालनका लागि अनुदान दिइने – Nepal Press

भैंसी, बाख्रा, कुखुरा र माछा पालनका लागि अनुदान दिइने

सुर्खेत । भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तरगतको पशुपन्छी विकास निर्देशनालय सुर्खेतले विभिन्न २४ समूह, सहकारी तथा फार्महरुलाई अर्गानिक पशुपालनका लागि अनुदान दिने भएको छ ।

निर्देशनालयले माछापालन गर्ने कृषकहरुलाई ५० प्रतिशत अनुदान दिने भएको छ । जसमा मगुर जातको माछा पालन गर्न नपाईने भएको छ । सरकारले नै सो जातको माछा पालनामा प्रतिवन्ध लगाएको छ ।

निर्देशनालयका अधिकृत कृष्ण चपाईले भने, ‘भैंसी, वाख्रा, कुखुरा पालनका लागि पनि हामीले अनुदानको व्यवस्था गरेका थियौं । छनौट भएकालाई अबको केहि समयमा नै हामी कामका आधारमा भुक्तानी दिन लागेका हौं ।’

कार्यालय प्रमुख मोहन गिरीले आफ्नो कार्यालयले कन्टिजेन्सी भनेर कृषकबाट कहिल्यै नकाटने बताए । कन्टिजेन्सी भनेको भ्रष्टाचार नै हो । हामी त्यो कृषकबाट काट्दैनौं ।

सुर्खेत जिल्लाबाट कृषि कर्म गर्ने भनेर छानिएका फर्म, सहकारी एवम समूहलाई अभिमुखिकरण तालिम दिँदै प्रमुख गिरीले व्यवसायमा कार्यालयले निरन्तरता चाहेको बताए ।

कार्यालयले एक करोड पचास लाखको भैंसी, पचास प्रतिशत साझेदारीमा पाँच ओटा माछा फार्म, सहकारी वा समूह, तस लाख रुपैंया बराबरको कुखुरापालनमा अनुदान वितरण गर्ने तयारी गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *