कांग्रेसका नगरउपसभापति जबरजस्ती करणी आरोपमा पक्राउ – Nepal Press

कांग्रेसका नगरउपसभापति जबरजस्ती करणी आरोपमा पक्राउ

रूपन्देही । नेपाली कांग्रेसका सिद्धार्थनगर उपसभापति एवम् वडा नम्बर—७ का वडा सदस्य किरण घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनलाई जबरजस्ती करणीको आरोपमा पक्राउ गरिएको बुझिएको छ । यद्यपि यो विषयमा प्रहरीले औपचारिक रुपमा बोलेको छैन् ।

सिद्धार्थनगर नगरपालिका वडा नम्बर ७ मा रहेको उनकै घरबाट पक्राउ गरेको प्रहरीले घटनाको अनुसन्धान जारी रहेका कारण केही भन्न नमिल्ने जनाएको छ ।

अहिले अनुसन्धानकै क्रममा रहेको हुँदा थप कुरा पछि मात्र बताउन मिल्ने रुपन्देही प्रहरी प्रवक्ता नवरत्न पौडेलले नेपाल प्रेसलाई बताए ।

गृहमन्त्री बालकृष्ण खाँणका नजिकका व्यक्ति भएका कारण प्रहरीले समेत विषय लुकाउन खोजेको आरोप छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर