सर्वदलीय बैठकमा सत्ता गठबन्धनमै एमसीसी लफडा – कांग्रेसले पास गरौं भन्दा कसले के भने ? – Nepal Press

सर्वदलीय बैठकमा सत्ता गठबन्धनमै एमसीसी लफडा – कांग्रेसले पास गरौं भन्दा कसले के भने ?

काठमाडौं । एमसीसी सम्झौता संसदबाट पारित गर्ने सन्बन्धमा सत्ता गठबन्धका दलहरुबीच मै विवाद भएपछि आइतबारको सर्वदलीय बैठक निष्कर्षविहीन भएको छ ।

प्रमुख विपक्षी नेकपा एमालेले बहिस्कार गरेको बैठकमा सरकारका प्रवक्ता ज्ञानेन्द्रवहादुर कार्कीले एमसीसी संसदबाट अघि बढाउनुपर्ने प्रस्ताव राख्दा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र नेकपा एसका महासचिव बेदुराम भुसालले ठाडै अश्वीकार गरेका थिए ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै नेपाल मजदूर किसान पार्टीका नेता प्रेम सुवालले सरकारका प्रवक्ता कार्की र कांग्रेस नेताहरु रामचन्द्र पौडेल तथा रामशरण महतले एमसीसी पास गर्ने भनेपनि सत्ता गठबन्धनै माओवादी र नेकपा एसका नेताहरुले संशोधनबिना पास गर्न नहुने बताएको जानकारी दिए ।

बैठकपछि सुवालले भने – यदि माओवादी र नेकपा एसको अडान कायमै रहन्छ भने एमसीसी पास हुँदैन । उनीहरुले अडान फेरे भने जनतामा जवाफ दिनुपर्छ । गठबन्धन नै भत्किन्छ र नयाँ बन्छ भने त्यो हाम्रो सरोकार होइन ।

उनका अनुसार सत्तारुढ जसपाका अध्यक्ष उपेन्द्र यादव मौन बसेका थिए भने बाबुराम भट्टराईले एमसीसी पास गर्नुपर्ने बताएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर