गठबन्धनभित्र एमसीसीका बुँदा–बुँदामा छलफल हुने – Nepal Press

गठबन्धनभित्र एमसीसीका बुँदा–बुँदामा छलफल हुने

काठमाडौं । अमेरिकी साहायता परियोजना एमसीसी सम्झौतालाई संसदमा लैजानुअघि व्यापक छलफल हुने भएको छ । संसद अवरोध र एमसीसीबारे छलफल गर्न बसेको सत्तारुढ गठबन्धनको बैठकमा एमसीसीका बुँदा–बुँदामा छलफल गर्ने सहमति बनेको हो ।

बैठकमा सहभागी माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठले अर्को बैठकमा एमसीसीका बुँदा–बुँदामा राम्ररी छलफल गर्ने सहमति बनेको श्रेष्ठले नेपाल प्रेसलाई जानकारी दिए । उनले कार्यदल नै भने नबनाइएको बताए ।

गठबन्धनको बैठकपछि बसेको सर्वदलीय बैठकमा कांग्रेस बाहेकाका दलहरुले एमसीसी संशोधन नगरि अनुमोदन गर्न हुने धारणा राखेका थिए । बैठकमा प्रमुख प्रतिपक्षी एमाले भने सहभागी भएन ।

गठबन्धन र सर्वदलीय बैठकमा समेत एमसीसीबारे समान धारणा बन्न नसकेपछि यसबारे पुनः छलफल गरेर निष्कर्षमा पुग्ने सहमति बनेको सकारकार प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए ।

बैठकबारे जानकारी दिँदै उनले भने, ‘संसद अवरोध र एमसिसीबारे व्यापक छलफल भयो । फेरि छलफल गरेर निष्कर्षमा पुग्ने सहमति भएको छ।’

सर्वदलीय बैठकमा माओवादी केन्द्र र एकीकृत समाजवादीले संसोधनविना पारित गर्न नहुने धारणा राखेको थिए। जसपाको प्रतिनिधित्व गर्दै बोलेको नेता बाबुराम भट्टराईले भने एमसिसी अगाडि बढाउनुपर्ने धारणा राखेका थिए।

नेमकिपा, राष्ट्रिय जनमोर्चा र राप्रपाले भने यसलाई खारेज गर्नुपर्ने धारणा राखेका थिए।

सत्तारुढ नेपाली कांग्रेसका तर्फबाट बोलेका रामचन्द्र पौडेल र रामशरण महतले भने एमसीसी अनुमोदन गर्नुपर्ने धारणा राखेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर