एमालेको लुम्बिनी प्रदेश अधिवेशन नेपालगन्जमा हुने – Nepal Press

एमालेको लुम्बिनी प्रदेश अधिवेशन नेपालगन्जमा हुने

दाङ । नेकपा (एमाले) को लुम्बिनी प्रदेश कमिटीको प्रथम प्रदेश अधिवेशन आगामी माघ ८ गते बाँकेको नेपालगन्जमा हुने भएको छ ।

लुम्बिनी प्रदेश संगठन कमिटीको सोमबार दाङको बाह्रकुनेमा सम्पन्न छैठौं पूर्ण बैठकले प्रदेश अधिबेशन सम्पन्न गर्नका लागि कमिटीका उपाध्यक्ष भोजप्रसाद श्रेष्ठको संयोजकत्वमा १ हजार १ सय ९९ सदस्यीय मुल व्यबस्थापन समिति समेत गठन गरेको छ ।

बैठकले प्रदेश निर्वाचन क्षेत्रलाई आधार बनाउदै २ सय पार्टी सदस्य बराबर १ जना प्रतिनिधि, दलितका लागि १ सय पार्टी सदस्य बराबर १ जना प्रतिनिधि, हरेक ३ जना प्रतिनिधिमा १ जना महिला अनिवार्य, विभिन्न जनसंगठन, प्रदेश सल्लाहकार, अपांगता भएकाहरु, जिफन्ट लगायतबाट पनि प्रतिनिधि हुने गरि मापदण्ड तयार छ ।

बैठकले प्रदेश अधिवेशनमा प्रस्तुत गरिने राजनीतिक, सांगठनिक तथा आर्थिक प्रतिवेदन तयारीका लागि प्रदेश अध्यक्ष राधाकृष्ण कडेलको संयोजकत्वमा प्रतिवेदन लेखन समिति, राधाकृष्ण कडेलको संयोजकत्वमा बालकृष्ण पाण्डे लगायत ७ सदस्यीय कार्यालय तथा प्रतिनिधि ब्यबस्थापन समिति, उपसचिव लिला रानाको संयोजकत्वमा प्रचारप्रसार समिति, उपसचिव दुर्गा थारुको संयोजकत्वमा मञ्च ब्यबस्थापन र परिचालन समिति, निरक गुरुङको संयोजकत्वमा आवास तथा खाद्य व्यवस्थापन समिति, आरती पौडेलको संयोजकत्वमा अतिथि सत्कार समिति बाबुराम भट्टराईको संयोजकत्वमा स्वास्थ्य समिति र लक्ष्मण आचार्यको संयोजकत्वमा आर्थिक समिति समेत गठन गरेको छ।

साथै बैठकले यहि पौष २३ गते देशभर एकैसाथ सम्पन्न हुन गईरहेका जिल्ला अधिवेशनहरुलाई ब्यवस्थित र प्रभावकारी बनाउन पौष ७ गते बर्दिया, पौष ८ गते गुल्मी, अर्घाखाँची, प्युठान र रोल्पा, पौष ९ गते रुपन्देही, पाल्पा, बाँके र पौष १० गते नवलपरासी, कपिलवस्तु र रुकुम पुर्वमा बैठकको आयोजना गर्ने निर्णय लिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर