बागमतीको माओवादी चुनाव – उम्मेदवार सरल र प्रयास, टक्कर वर्षमान र जनार्दनको – Nepal Press

बागमतीको माओवादी चुनाव – उम्मेदवार सरल र प्रयास, टक्कर वर्षमान र जनार्दनको

काठमाडौं । नेकपा माओवादी केन्द्रमा प्रचण्ड निर्विकल्प नेता भएपनि उनको मातहतमा वर्षमान पुन र जनार्दन शर्माले चलाएका दुई गुटको टक्कर निरन्तर चलिरहेको छ ।

नारायणकाजी श्रेष्ठको तेस्रो गुटपनि छ तर त्यो वर्षमान र जनार्दनको जस्तो प्रतिस्पर्धामा छैन । वर्षमान विरामी परेर विदेशमा उपचार गराइरहेका बेला अखिल क्रान्तिकारी, वाइसिएल, प्रेस संगठन जस्ता जनसंगठनको अध्यक्षमा जनार्दन पक्षले बाजी मारेका बेला बागमती प्रदेश अध्यक्षमा दुवै पक्ष आम्ने साम्ने भएका छन् ।

बागमती प्रदेश अध्यक्षमा सहमति नभएपछि चुनाव भएको छ । अध्यक्षका चार प्रत्यासीमध्ये बिशाल खड्का प्रदेशको मन्त्री भएपछि मैदानबाट बाहिरिए । बाँकी तीन मध्ये डिपी ढकालले सरल सहयात्रीलाई छाडे भने दिनानाथ गौतम प्रयास प्रतिस्पर्धामा देखिए ।

माओवादीभित्र सरल सहयात्री वर्षमान पुन निकट मानिन्छन् । पुन मन्त्री हुँदा स्वकीय सचिव रहेका डिपी ढकालले सरललाई छाड्नुले पनि वर्षमान पुनका उम्मेदवार सरल हुन् भनेर सबैले बुझे । अर्कोतिर दिनानाथ गौतम जनार्दनका उम्मेदवारका रुपमा मैदानमा उत्रिए ।

माओवादीको महासचिवका दुई प्रमुख दाबेदार वर्षमान पुन र जनार्दन शर्माबीचको टक्कर वागमतीमा प्रकट भएको छ । पुन उपचार छोट्याएर काठमाडौं फर्किदैछन् । माओवादी वृत्तमा वागमतीको चुनावलाई आगामी राष्ट्रिय सम्मेलनमा वर्षमान र जनार्दनको टक्करको रिहर्सलका रुपमा लिइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर