एमालेको अवरोधकाबीच संसदमा दुई अध्यादेश स्वीकृत – Nepal Press

एमालेको अवरोधकाबीच संसदमा दुई अध्यादेश स्वीकृत

काठमाडौं । प्रतिनिधिसभाको हिँउदे अधिवेशनको दोस्रो बैठकमा पनि प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले अवरोधलाई निरन्तरता दिएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले सोमबारको बैठकमा पनि संसद सुचारु गर्न एमालेलाई आग्रह गरेका थिए । तर एमालेले भने नाराबाजी कायम राख्यो । विरोधकाबीच सभामुखले संसदको कारवाही अगाडि बढाए ।

एमाले विरोधकाबीच यौंन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश र फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश बैठकले स्वीकृत गरेको छ ।

प्रतिनिधिसभाको अर्को बैठक भोलि एक बजे पुनः बस्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर