आदिवासी जनजातितर्फ चिनकाजीको अग्रता, चितवनका ३ जना शीर्ष ९ भित्र – Nepal Press

आदिवासी जनजातितर्फ चिनकाजीको अग्रता, चितवनका ३ जना शीर्ष ९ भित्र

काठमाडौं । नेपाली कांग्रेसको आदिवासी जनजाति खुला तर्फको मतगणना जारी छ ।

हालसम्म १ हजार ५ सय मत गणना हुँदा चिनकाजी श्रेष्ठले अग्रता लिएका छन् । उनले ८ सय ४१ मत प्राप्त गरेका छन् ।

दोस्रो स्थानमा राज्यमन्त्री उमेश श्रेष्ठ छन् । उनले ७ सय ८३ मत ल्याएका छन् । बहादुरसिंह लामा ७ सय ६५ मतसहित तेस्रो स्थानमा रहँदा टेकबहादुर गुरुङ ७ सय २५ मतसहित चौथो स्थानमा छन् ।

पाँचौ स्थानमा ७ सय १० मतसहित दिलमान पाख्रिन र छैटौ स्थानमा ६ सय ७४ मतसहित आङगेलु शेर्पा रहेका छन् ।

तारामान गुरुङ ६ सय ७१ मतसहित सातौ स्थानमा छन् । ८ जना निर्वाचित हुने यस क्लष्टरतर्फ सातौ स्थानसम्म रहने सबै सभापति शेरबहादुर देउवाको प्यानलका हुन् ।

आठौं स्थानमा ५ सय ८८ मत टेकप्रसाद गुरुङ र नवौ स्थानमा ५ सय ६८ मतसहित जीतनारायण श्रेष्ठ रहेका छन् ।

८ जना निर्वाचित हुनेमा ओमबहादुर घर्ती दशौं, र महादेव गुरुङ एघारौ स्थानमा रहेका छन् । त्यसपति नगेन्द्र कुमाल र वीरबहादुर राना रहेका छन् ।

आदिवासी जनजातितर्फ नवौ स्थानसम्म रहेकामध्ये उमेश श्रेष्ठ, टेकप्रसाद गुरुङ र जीतनारायण श्रेष्ठ चितवनका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर