मध्यभोटेकोशी जलविद्युतका सुरक्षागार्ड नै चोरीमा संग्लग्न, कर्मचारीको मिलेमतो – Nepal Press

मध्यभोटेकोशी जलविद्युतका सुरक्षागार्ड नै चोरीमा संग्लग्न, कर्मचारीको मिलेमतो

सिन्धुपाल्चोकको मध्य भोटेकोशी जलविद्युत परियोजनाका सुरक्षा गार्डहरु आफ्नै कार्यालयका सामान चोरी गरी विक्री गर्ने गरेको पाइएको छ । अझ रोचक त के छ भने उनीहरुलाई त्यहीँका कर्मचारीले चोर्न सघाएका थिए ।

विवादमा आइरहने मध्यभोटेकोशी जलविद्युत आयोजनाको सुरक्षार्थ खटिएका गार्डहरुले लामो समयदेखि आयोजना परिसर भित्र रहेका सामग्रीहरु चोरी गरेर बिक्री गर्ने गरेको त्यसकालागि आयोजनाकै कर्मचारीहरुले सहयोग गर्ने गरेको प्रहरीको बयानमा खुलासा गरेका छन् ।

मध्यभोटेकोशी जलविद्युत आयोजनाका कर्मचारीकै खराव नियतका कारण निर्धारित समयमा सम्पन् न हुन सकेको छैन । यो आयोजनामा हालसम्म ६० प्रतिशतमात्र काम सम्पन्न भएको छ ।

ग्रुप फोर्स सेक्युरिटी कम्पनीमार्फत मध्यभोटेकोशी जलविद्युत आयोजनामा सुरक्षागार्ड रुपमा विगत केही महिनादेखि काम गर्दै आएका पाँच जनालाई आयोजनाको सामन चोरेर लैजाँदै गरेको अवस्थामा नेपाली सेनाले नियन्त्रणमा लिएको थियो ।

मध्यभोटेकोशी जलविद्युत आयोजनाको सुरक्षार्थ खटिएका गोरखबक्स गणका डियुटीमा खटिएका सैनिकहरुले चोरी गरेर सामग्री लैजाँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

नेपाली सेनाले पाँच जना सुरक्षागार्ड लाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय बाह्रविसेमा बुझाइदिएको छ । चोरी गर्दे गर्दा पक्राउ पर्नेमा बाह्रविसे नगरपालिका ६ का प्रेमराज श्रेष्ठ, सोही वडाका वाङदी तामाङ, पुथ्वीमान श्रेष्ठ, वडा नम्बर ८ का मानबहादुर तामाङ र राजमान तामाङ रहेका छन् ।

नेपाली सेनाका सहसेनानी शुभराज गुरुङले नियन्त्रणमा लिएकाहरुलाई प्रहरीको जिम्मा लगाइदिएका थिए । उनीहरुको साथबाट कार्यालय भित्र रहेका २ हजार बढी किलोग्राम तामाको तार लगायत अन्य कवाडी सामग्रीहरु बरामद भएको थियो ।

चिनियाँ ठेकेदार कम्पनीमातहात रहेको उक्त कम्पनी केही महिना अघि मात्रै त्यहाँ आएको थियो । यस अघि कार्यरत सेक्युरिटी कम्पनी र त्यहाँ कार्यरत सबै कामदारहरुलाई हटाएर नयाँ कम्पनी र नयाँ कामदारहरुलाई जिम्मा दिइएको थियो ।

आयोजना प्रभावित क्षेत्रका स्थानीयले यस अघि पनि सुरक्षागार्डहरुले नै आयोजना भित्र चोरी गर्ने गरेको भन्दै प्रहरी र बाह्रविसे नगरपालिकामा जानकारी गराए पनि आयोजनाका कर्मचारीहरु समेत मिलेमतोका कारण सबै घटना गुपचुप राख्ने गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर