नेपाली कामदार इजरायल उडाउन वायुसेवा कम्पनीबाट भाडादर माग – Nepal Press

नेपाली कामदार इजरायल उडाउन वायुसेवा कम्पनीबाट भाडादर माग

काठमाडौं । नेपाल र इजरायल सरकारबीच भएको श्रम सम्झौता अनुसार इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारमा जाने नेपालीका लागि हवाइ भाडादरका लागि प्रस्ताव माग गरिएको छ ।

११७५ नेपाली कामदारलाई इजरायलसम्म पुर्‍याउनका लागि वैदेशिक रोजगार विभागले शुक्रबार वायुसेवा कम्पनीबाट भाडादरको प्रस्ताव माग गरेको छ ।

नेपाली कामदार स्वयंको खर्चमा त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलबाट इजरायलको बेन गुरियन विमानस्थलसम्म पुग्नु पर्ने भएपनि विभागले कम शुल्कमा उडान गर्न भूमिका खेलेको जनाएको छ ।

सिधा उडान र एकल ट्रान्जिट उडान मार्फत यात्रा गर्दा प्रतिकामदार के कति हवाई भाडा तिर्नु पर्ने भनी दररेट माग गरेको विभागका जीवन कुमार घिमिरेले बताए ।

कामदर ठगिनबाट बचाउन विभागले सस्तोदरमा टिकटको व्यवस्थापन गर्न शुक्रबार प्रकाशित सूचनाअनुसार सात दिनभित्र विभागमा प्रस्ताव दर्ता गर्न माग गरिएको छ । कर्मसियल उडानका लागि प्रति उडान कम्तिमा १०० जना हुनु विभागले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *