वागमतीमा १८ जनाको जम्बो सरकार, कांग्रेसका थप ६ जनाको सपथग्रहण हुँदै – Nepal Press

वागमतीमा १८ जनाको जम्बो सरकार, कांग्रेसका थप ६ जनाको सपथग्रहण हुँदै

काठमाडौं । वागमती प्रदेशमा १८ जनाको जम्बो मन्त्रिपरिषद बन्ने भएको छ ।

हाल मुख्यमन्त्री पाण्डेसहित ११ मन्त्री र एकजना राज्यमन्त्री छन् । आजै कांग्रेसबाट मन्त्रीमा मिलनबाबु श्रेष्ठ, बलराम पौडेल र दिपेन्द्र श्रेष्ठले सपथग्रहण गर्दैछन् ।

मिलनबाबु चितवन, बलराम रसुवा र दिपेन्द्र काठमाडौंबाट प्रदेशसभा सदस्य छन् । त्यस्तै राज्यमन्त्रीमा नुवाकोटकी कल्पना नेपाली,भक्तपुरकी रजनी जोन्छे र मकवानपुरका सन्तबहादुर प्रजाले सपथग्रहण गर्दैछन् ।

सत्ता गठबन्धनमा भागबण्डा मिलाउन ७ वटा मन्त्रालय फुटाएर ११ वटा बनाइएको छ भने राज्यमन्त्री समेत थपेर १८ जना मन्त्री बनाइँदैछन् ।

मन्त्रीहरूका लागि नयाँ गाडीसमेत खरिद गर्ने तयारी छ ।


प्रतिक्रिया

One thought on “वागमतीमा १८ जनाको जम्बो सरकार, कांग्रेसका थप ६ जनाको सपथग्रहण हुँदै

  1. लुट लुट । लुटेराहरूले जान्ने भनेकै लुटन हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर