सम्मेलनका लागि १० प्रतिशत प्रतिनिधि मनोनयन गर्ने जिम्मा प्रचण्डलाई – Nepal Press

सम्मेलनका लागि १० प्रतिशत प्रतिनिधि मनोनयन गर्ने जिम्मा प्रचण्डलाई

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय सम्मेलनका लागि प्रतिनिधि मनोनयन गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको छ ।

शुक्रबार बसेको स्थायी समितिको बैठकले १० प्रतिशत प्रतिनिधि मनोनयन गर्ने जिम्मा प्रचण्डलाई दिएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । यसअघि माओवादीले ५ प्रतिशत मनोनयन गर्ने भनेकोमा त्यसलाई बढाएर १० प्रतिशतमा पुर्‍याएको हो ।

१० प्रतिशत मनोनय गर्दा १ सय ४८ जना प्रतिनिध छानिने छन् । माओवादीले यसअघि सम्मेलनमा १५ सय ३३ प्रतिनिधि हुने भनेको भए पनि अब त्यो संख्या १६ सय ८ हुने छ।

बिहान शुरु भएको स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन वाचन गरेका थिए । दिउँसो तीन बजे पुनः बैठक बसेर त्यसमा छलफल भएको थियो । महराले भोलि पनि पुनः बैठक बस्ने जानकारी दिए।

माओवादीले आगामी पुस ११–१३ मा राष्ट्रिय सम्मेलन गर्न गइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर