राष्ट्रिय सम्मेलन मेला जस्तो हुने छैन्, विचार निर्माणमा केन्द्रित हुन्छ : प्रचण्ड (भिडिओ) – Nepal Press

राष्ट्रिय सम्मेलन मेला जस्तो हुने छैन्, विचार निर्माणमा केन्द्रित हुन्छ : प्रचण्ड (भिडिओ)

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सम्मेलन विचार केन्द्रित हुने बताएका छन् ।

सम्मेलनको पूर्वसन्ध्यामा शुक्रबार भिडिओ अपील सार्वजनिक गर्दै प्रचण्डले सम्मेलन मेला जस्तो नहुने बताएका छन् ।

‘यो राष्ट्रिय सम्मेलन विचारको विकास गर्ने, राजनीतिक मुद्दाहरुलाई परिमार्जित गर्ने, संगठनलाई बलियो बनाउने र राष्ट्र तथा जनताको हितमा सही योजना बनाउने यो ऐतिहासिक सम्मेलन हुने छ,’ उनको भनाइ छ ।

उनले अगाडि भनेका छन् – सम्मेल एउटा मेला जस्तो हुने छैन । यो नेपाल राष्ट्र र जनताको हितमा सही विचार विकास गर्ने, सही निष्ठावान पार्टी बनाउने अभियान हुनेछ ।

हेर्नुहोस् भिडिओ


प्रतिक्रिया

2 thoughts on “राष्ट्रिय सम्मेलन मेला जस्तो हुने छैन्, विचार निर्माणमा केन्द्रित हुन्छ : प्रचण्ड (भिडिओ)

  1. कस्तो बिचार !?
    कहाँ कहिले कसलाई ढुक्ने, हान्ने, गिंड्ने, सफाया गर्ने हैन त !! अब त्यो चाहिएन !!!

  2. त्याे विचार भनेकाे नेपाललाई भारतकाे गुलाम बनाउ भन्ने त हाे नि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर