कांग्रेसको पहिलो केन्द्रीय समिति बैठक बस्दै, बैठकअघि नवनिर्वाचित पदाधिकारीले प्रमाणपत्र लिने


काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको पहिलो केन्द्रीय समिति बैठक आज शनिबार बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे केन्द्रीय समिति बैठक बस्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
निर्वाचित पदाधिकारी एवं सदस्यलाई ुनिर्वाचित भएको प्रमाण पत्रु वितरण कार्यक्रम त्यसअघि बिहान ११ बजे तय भएको छ । सभापति शेरबहादुर देउवासहित १३४ जनाले प्रमाणपत्र लिने समय तोकिएको कांग्रेस केन्द्रीय कार्यालयका सचिव केशव रिजालले जानकारी दिए ।
कांग्रेस केन्द्रीय कार्यालयले प्रमाणपत्र वितरण कार्यक्रममा नवनिर्वाचित केन्द्रीय कार्यसमितिका सबै पदाधिकारी र सदस्यहरुलाई उपस्थित हुन सूचना जारी गरेको छ। कांग्रेस महाविधेशनबाट सभापतिसहित १३ पदाधिकारी र १२१ केन्द्रीय सदस्य निर्वाचनबाट चयन भएका छन्। विधानअनुसार १६७ सदस्यीय हुने केन्द्रीय कार्यसमितिका बाँकी ३३ जना मनोनीत हुनेछन्।