एमसीसीका विषयमा सरकारको धारणा के हो ? स्पष्ट हुनुपर्छ : एमाले अध्यक्ष ओली – Nepal Press

एमसीसीका विषयमा सरकारको धारणा के हो ? स्पष्ट हुनुपर्छ : एमाले अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमसीसीका विषयमा सरकारको धारणा स्पष्टरुपमा आउनुपर्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानीका क्रममा उनले भने, ‘एमसीसीका विषयमा व्यक्तिगतरुपमा कुरा गरेर हुँदैन, सरकारको धारणा के हो ? स्पष्ट हुनुपर्छ ।’

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले निर्वाचन गर्नुको विकल्प नरहेको उल्लेख गर्दै एमालेले निर्वाचनसम्म शक्ति सङ्घर्ष गरिरहने धारणा व्यक्त गरे । उनले आगामी निर्वाचनले सबै कुरा स्पष्ट हुने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर