माओवादी महाधिवेशन आजदेखि, त्यसअघि केन्द्रीय कमिटी बैठक बस्दै – Nepal Press

माओवादी महाधिवेशन आजदेखि, त्यसअघि केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडाैं । नेकपा माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । यसअघि राष्ट्रिय सम्मेलन भनेको माअ‍ोवादीले हिजोको स्थायी समितिको बैठकबाट निर्णय गरी महाधिवेशनमा परिणत गरेको थियो ।

तर, यसलाई कुन महाधिवेशन भन्ने भनेर निर्णय भएको छैन । माओवादीले २०६९ सालमा हेटौंडामा सातौं महाधिवेशन गरेको थियो ।

दिउँसो १ बजपछि प्रज्ञा भवनमा महाधिवेशन सुरु हुनेछ । माओवादीले आफ्नो महाधिवेशनमा अन्य पार्टीका नेतृत्वलाई आमन्त्रण नगर्ने निर्णय यसअघि नै गरेको थियो ।

महाधिवेशनका लागि देशभरबाट छानिएका १६ सयभन्दा बढी केन्द्रीय प्रतिनिधि काठमाडौं आइसकेका छन् ।

महाधिवेशनले अध्यक्षमा प्रचण्डको नेतृत्व नवीकरण गर्नेदेखि पदाधिकारी चयन गर्नेछ ।

महाधिवेशन सुरु हुनुअघि आज विहान माओवादीको केन्द्रीय कार्यसमिति बैठक बस्दैछ । बैठक ८ बजेदेखि सुरु हुने भनिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर