सम्मेलनलाई महाधिवेशन बनाइएपछि ब्यानर फेर्न भ्याइ-नभ्याइ, प्रज्ञामा यस्तो छ तयारी (तस्बिरहरु) – Nepal Press

सम्मेलनलाई महाधिवेशन बनाइएपछि ब्यानर फेर्न भ्याइ-नभ्याइ, प्रज्ञामा यस्तो छ तयारी (तस्बिरहरु)

काठमाडौं । प्रथम राष्ट्रिय सम्मेलनको तयारी गरी अन्तिम समयमा आठौं राष्ट्रिय महाधिवेशनमा रुपन्तरण गरिएपछि माओवादी केन्द्रलाई आजको कार्यक्रम व्यवस्थापन गर्न भ्याइ-नभ्याइ भएको छ ।

हिजो साँझ बसेको स्थायी समिति बैठकले महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय गरे पनि माओवादीले लामो समयदेखि राष्ट्रिय सम्मेलनको प्रचार गरिरहेको थियो । सम्मेलन आयोजनास्थल प्रज्ञा भवन परिसरदेखि काठमाडौंका विभिन्न ठाउँमा सोही व्यहोराको ब्यानरसहित प्रचार गरिएको थियो ।

अन्तिम समयमा कार्यक्रमको नाम नै परिवर्तन भएपछि सबैतिरको प्रचार सच्याउन माओवादी कार्यकर्तालाई भ्याइ नभ्याइ देखिएको छ ।

महाधिवेशनस्थल प्रज्ञा भवनमा मुख्य प्रवेशद्वारदेखि भित्र कार्यक्रम स्थलमा पनि महाधिवेशनको ब्यानर लगाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर