एसीसी यू-१९ एसिया कप : श्रीलंकाले दियो नेपाललाई ३२३ रनको लक्ष्य – Nepal Press

एसीसी यू-१९ एसिया कप : श्रीलंकाले दियो नेपाललाई ३२३ रनको लक्ष्य

काठमाडौं । एसीसी यू-१९ एसिया कपअन्तर्गत आफ्नो दोस्रो खेलमा श्रीलंकाले नेपाललाई ३२३ रनको लक्ष्य दिएको छ।

शारजाह क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको श्रीलंकाले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३२२ रनको योगफल तयार गरेको थियो ।

श्रीलंकाका लागि शदिसा राजापाक्साले १ सय १९ बलमा ११ चौका र दुई छक्कासहित सर्वाधिक १ सय ३१ रन बनाए । यस्तै, चामिन्दु विक्रमासिंगे १ सय २६ बलमा ८ चौका २ छक्कासहित १ सय ११ रन बनाएर पेभिलेन फर्किए । सेभोन डानियल १७ र डुनिथ वेलागाले २४ बलमा ३४ रन बनाएर अविजित रहे ।

यस्तै, नेपालको बलिङमा मोहमद आदिल अलामले सर्वाधिक २ विकेट लिए । भने देव खनाल र विवेक यादवले समान १ विकेट लिए ।

समूह ‘बी’ को पहिलो खेलमा नेपाल बंगलादेशसँग १ सय ५४ रनको नतिजा पराजित भएको थियो थियो । श्रीलंकाले पहिलो खेलमा कुवेतविरूद्ध २ सय ७४ रनको जित निकालेको थियो ।

समूह ‘बी ’मा दुई खेलबाट चार अंकसहित बंगलादेश शीर्ष स्थानमा छ भने एक खेलमा दुई अंक जोडेको श्रीलंका दोस्रो स्थानमा छ ।

समूहको अन्तिम खेलमा नेपालले मंगलबार कुवेतको सामना गर्नेछ । शीर्ष दुईमा रहेर सेमिफाइनल खेल्न नेपालले बाँकी खेलमा फराकिलो जित निकाल्नु पर्ने दवाव रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर