नेप्से ७१ दशमलव २० अंकले बढ्यो – Nepal Press

नेप्से ७१ दशमलव २० अंकले बढ्यो

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको वृद्धि भएको छ ।

आज नेप्से ७१ दशमलव २० बढेर दुई हजार पाँच सय ९१ दशमलब ४२ विन्दुमा पुगेर कारोबार बन्द भएको छ ।

आज कोरोबार रकममा पनि बढेको छ । दुई सय ३१ कम्पनीको पाँच अर्ब १७ करोड ३२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहीबार नेप्सेमा करिब साढे चार अर्बको कारोबार भएको थियो ।

यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार नबिल बैंकको भएको छ । यस कम्पनीको ३२ करोड सात लाखभन्दा बढीको कारोबार भएको छ ।

नेप्सेका अनुसार आज २९ कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको छ ।

जसअन्तर्गत १५ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने १४ कम्पनीको सेयर मूल्य नौ प्रतिशतभन्दा बढीले बढेका छन् ।

यस्तैगरी, आज सबैभन्दा बढी गिरावट आउनेमा गोर्खाज फाइनान्स रहेको छ ।

आज फाइनान्सको सेयर मूल्य पाँच प्रतिशतभन्दा बढीले घटेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *