माओवादी महाधिवेशनमा प्रतिनिधिहरुको स्वास्थ्य परीक्षण (तस्बिरहरु)
२०७८ पुष १२ गते ८:५५
काठमाडौं। नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशन बन्दसत्र आजदेखि सुरु हुँदैछ।
बिहान ११ बजेखि बन्दसत्र सुरु हुनुअघि प्रतिनिधिहरुको स्वास्थ्य जाँचसमेत गरिएको छ। बन्दसत्रको पहिलो दिन कर्णाली र सुदूरपश्चिमका प्रतिनिधिको जाँच भइरहेको छ।
बिहान ७ बजे देखि सुरु भएको स्वस्थ जाँचमा प्रतिनिधिहरुको रगत, रक्तचाप, चिनीरोग र दन्त परीक्षण भइरहेको छ।
नेपाल स्वास्थ्य अभियान युनेस्को समाजले निशुल्क गर्ने स्वास्थ्य परीक्षण महाविधेशन अवधिभर चलिरहने छ।
प्रतिक्रिया