निर्विकल्प नेतृत्वको निरन्तरता : माओवादीमात्र होइन मुलुककै नेता प्रचण्ड
एमाले र साम्राज्यवादीले एमसीसीमार्फत कांग्रेससँग खेलिरहेका छन्
महाधिवेशनको औचित्य
तत्कालीन नेकपा माओवादी बिभाजनपछि हामीले विसं २०६९ मा हेटौंडामा महाधिवेशन गरेका थियौं । विसं २०७३ मा किरणसँग बिद्रोह गरेर आउनुभएका साथीहरुसँग एकता गर्यौं । त्यसैगरी विसं २०७५ सालमा नेकपा एमालेसँग एकता गरेपछि त्यसले महाधिवेसनकै हैंसियत प्राप्त गरेको छ ।
हामीलाई कानूनी बाध्यताको हिसाबले अझै केही समय महाधिवेशन नगर्दा पनि हुन्थ्यो । तर अहिले हामीले धेरै उतारचढाव भोगेका छौं । सांगठानिक र राजनीतिक हिसाबले अहिले हामीलाई महाधिवेशन या राष्ट्रिय सम्मेलन गर्न जरुरी थियो । त्यही भएर हामीले राष्ट्रिय सम्मेलन गर्न लागेका थियौं ।
तर, जुन प्रकारले तलदेखि नेतृत्व छनौट र प्रतिनिधिहरु आउनुभयो, त्यसले हामीलाई उत्साहसँग जिम्मेवारी बोध गरायो । हामीले धेरै बिषय छिनोफानो गर्नुपर्ने भएकोल राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय गरेका छौं ।
एमालेसँग एकतापछि भएको बिभाजनले संगठन छरपष्ट र अराजक भएको, बिचार र राजनीतिमा अन्यौलता देखियो । कार्यदिशा, तत्कालिन राजनीति लगायतका धेरै बिषयमा अस्पष्टतता महसुस गरेपछि हामीले छिटोभन्दा छिटो महाधिवेशन गर्नुपर्ने आवश्यकता देखेर अहिलेको महाधिवेशनको आयोजना गरेका हौं ।
एमालेसँग गर्दा हामीले माक्र्सवाद लेनिनवाद मात्रै भन्यौं, हाम्रो पार्टीको आधारभुत बिचार दृष्टिकोण माक्र्सवाद, लेनिनवाद, माओवाद हो । यसले तय गर्नुपर्ने कार्यदिशा सबैलाई जानकारी गराउन र पार्टीका नेता कार्यकर्तालाई ठोस दिशा दिन यो महाधिवेशन केन्द्रित हुनेछ ।
कार्यदिशा तय गर्नका निम्ति समाजमा अन्तरविरोध कसरी विकास भइरहेको छ ? भन्ने हेर्नुपर्छ । राष्ट्रिय र अन्तरराष्ट्रिय परिस्थिति कस्तो अबस्थामा गुज्रिरहेको छ ? भन्ने पनि हेर्नुपर्छ ।
राष्ट्रिय स्वाधिनताका सवालमा असमान सन्धि सम्झौताबिरुद्ध जाने र राजनीतिक रुपमा पुँजीवादी संसदीय प्रणालीलाई फेरी जनताले प्रत्यक्ष ढंगले चुन्ने राष्ट्रपतीय प्रणालीको दिशामा जानु यतिबेलाको तत्कालिन कार्यभार हो । रणनीति त साम्यवादमा पुग्न वर्गसंघर्ष गर्ने नै हो, जुन नियमित वर्गसंघर्ष हुने नै छ ।
यतिखेर अन्तरराष्ट्रिय शक्ति सन्तुलनमा उथलपुथल भइरहेको छ । राष्ट्रिय रुपमा पनि धेरै उथलपुथल भइरहेको बेलामा हामीले हाम्रो रणनीतिक लक्ष्य अर्थात समाजवाद हुंदै साम्यवादमा पुग्ने रणनीतिक लक्ष्य प्राप्त गर्न युद्द र आन्दोलनले ल्याएका उपलब्धीहरुलाई संस्थागत गर्ने र गुम्न नदिनका निम्ति दुईवटा कार्यनीति अपनाउनुपर्ने देखिएको छ ।
दृष्टिकोणको सवालमा हामीले माक्र्सवाद, लेनिनवाद र माओवाद भन्यौं । माओवादमा पनि जडसुत्रीय हिसाबले होइन, त्यसलाई रक्षा, प्रयोग र विकास गर्ने कुराको महत्व छ । हामीले युद्द र आन्दोलन गरेर गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता र समावेशीता सहितको संविधान बनाएका छौं ।
तर वर्गसत्ता परिवर्तन भएको छैंन । वर्गसत्ता रुपान्तरण गर्न बाँकी नै छ । त्यसैले हामीले पूँजीवादी जनवादी क्रान्तिका महत्वपुर्ण कार्यभार पुरा गर्यौं र बाँकी कार्यभार समाजवादी क्रान्तिको क्रममा पुरा गर्ने भन्यौं ।
नयाँ जनवादी क्रान्ति पुरा गर्ने शक्ति हिजोको हिसाबले मजदुर किसानमा आधारित कम्युनिष्ट पार्टी मात्र हुन्थ्यो र पुंजीवादी क्रान्ति पूँजीपतीले पनि पुरा गर्थे । तर नेपालको शक्ति सन्तुलन, अवस्थिति, जनचेतना, अन्तरराष्ट्रिय शक्ति र सम्बन्धहरु लगायतका कारणले दलाल पुंजिपतिहरुको संलग्नतामा कम्युनिष्ट पार्टीले सञ्चालन गरेको युद्द र आन्दोलनले अहिलेको उपलब्धी हांसिल भएको हो ।
इतिहासदेखि हालसम्मको विकास र अहिलेको समाजवाद उन्मुख समाज निर्माणको आधार तयार गर्ने जुन संविधान बनायौं, त्यसभित्रका प्रस्तावनाहरुलाई प्रगतिशील दिशामा लान कार्यदिशा तय गर्दैछौं । हाम्रा कार्यक्रमहरु त्यसैतर्फ केन्द्रित गर्दैछौं ।
अहिले विश्वमा साम्राज्यवादीहरुले बहुराष्ट्रिय कम्पनीहरुमार्फत साधन र स्रोतमा हस्तक्षेप गरेर राष्ट्रिय अर्थतन्त्र कमजोर बनाउने गरेका छन् । आन्तरिक अर्थतन्त्रको विकासको निम्ति जोड दिने र जनतालाई उत्पादन कार्यमा लगाउने आजको आवश्यकतालाई सम्बोधन गर्ने गरी कार्यक्रम ल्याउँछौं ।
उत्पादनले समृद्धिको दिशामा लैजान्छ । सामन्तवर्ग राजनीतिक अस्तित्वको दृष्टिकोणले कमजोर भए पनि उत्पादनमा उसको हैंसियत बलियो नै छ । साम्राज्यवादीहरुले विश्व रंगमञ्चमा सानातिना देशहरुलाई पनि धम्क्याएर या प्रलोभन दिएर आफ्नो गठबन्धन बनाउने काम बाहिरी रुपमा गरिरहेको छ भने भित्रीरुपमा असमान सन्धि सम्झौता लादेर देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने गरी जस्तै एमसीसी लागु गर्न खोजेर हस्तक्षेप बढाइरहेको छ ।
अर्कोतिर बहुराष्ट्रिय कम्पनीमार्फत बित्तीय पुंजीवादले लगानीहरु बैकिङ्ग क्षेत्रमा केन्द्रित गर्ने र शेयर मार्केटबाट दलालहरुमार्फत बसीबसी फाइदा दिएजस्तो गरिरहेको छ । उत्पादन, कृषि, पर्यटनजस्ता क्षेत्रमा लगानी नगरी पैसाको ब्यापार गर्ने काम गरिरहेका छन ।
उत्पादन गरे रोजगारी बढ्ने थियो । तर त्यो नगरी सानातिना पुँजीहरुलाई कोल्याप्स गर्ने, ठूला पूँजीले शेयर खरीद गरेर बस्ने र दलालहरुले कमाउने गरी हस्तक्षेप भइरहेको छ । आर्थिक क्षेत्र समाजवादी मोडलमा लैजाने र उत्पादनको क्षेत्रमा जनतालाई संकेन्द्रित गर्नुपर्ने आवश्यकतालाई कार्यक्रममार्फत सम्बोधन गछौं ।
राष्ट्रिय स्वाधिनताका सवालमा असमान सन्धि सम्झौताबिरुद्ध जाने र राजनीतिक रुपमा पुँजीवादी संसदीय प्रणालीलाई फेरी जनताले प्रत्यक्ष ढंगले चुन्ने राष्ट्रपतीय प्रणालीको दिशामा जानु यतिबेलाको तत्कालिन कार्यभार हो । रणनीति त साम्यवादमा पुग्न वर्गसंघर्ष गर्ने नै हो, जुन नियमित वर्गसंघर्ष हुने नै छ ।
अहिले विचार र कार्यदिशामा स्पष्ट भएको, संगठनमा स्पष्ट भएको र सांस्कृतिक रुपान्तरणसहितको समाजवादी सत्ता निर्माण गर्ने पार्टी निर्माण गर्छौ । हाम्रै जोडबलले यो संविधान ल्यायौं र कार्यान्वयन गर्न धेरै आरोप तथा दायाँ र बायाँ गर्दा हामीले धेरै मेहिनेत गर्यौं ।
त्यसमा हामीले अझै मिहेनत गर्नुपर्नेछ । जनताको बिचमा पार्टीका बिभिन्न तहतप्कालाई पुर्याउने र निर्वाचनमा जनताबाट अनुमोदित हुने कार्यनीति हामीले अपनाउनेछौं ।
नयाँ जनवादी क्रान्तिका मुख्य कार्यभार राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सवाल हुन । राष्ट्रियताको संवद्र्धन जनताको जनवादको अभ्यास र तथा जनजीविका अन्तरगत शिक्षा, स्वास्थ्य र रोजगारीको कार्यभार हामीले भिन्न ढँगले पुरा गर्नुपर्ने भयो । हामीले जे अध्ययन गरेका थियौं, त्योभन्दा फरक ढङ्गले अघि बढिरहेका छौं । जसलाई सम्बोधन गर्न हाम्रो महाधिवेशन सफल हुनेछ ।
एमालेसँगको एकताको बाध्यता र शिक्षा
केही बर्षयता हामी सैद्धान्तिक रुपमा अलमलिएका थियौं । जवजलाई सिद्दान्त बनाएको एमालेसँग हामीले एकता गरेका थियौं । मदन भण्डारीले अघि सारेको जवज कार्यनीतिक नारा र कार्यक्रम थियो । युरोपमा समाजवाद ढलिसकेपछि नेपालमा त्यसको रक्षार्थ हामी निर्वाचनमा जानसक्छौं भनेर कार्यनीतिक नाराको रुपमा जवज ल्याइएको थियो ।
जवजले वैज्ञानिक ढंगको द्वन्द्ववादभन्दा आदर्शवादलाई पक्रियो । त्यसको मुल आधार वहुलवाद थियो । वहुलवादले संसारभरमा रहेका सबै खालका अस्तित्वलाई सार्वभौमको रुपमा स्विकार गर्छ । त्यसको अर्थ पुँजीवाद पनि सार्वभौम भयो, सामन्तवाद पनि सार्वभौम भयो, सैन्यसत्ता पनि सार्वभौम भयो ।
मदन भण्डारीले वर्ग संघर्षको कुरा पनि गर्नुभएको छ, तर दार्शनिक रुपले आदर्शवाद र वहुलवादमा पुगेर सैद्दान्तिक गल्ती गर्नुभएको थियो । अहिलेको एमालेले त्योभन्दा धेरै अघि बढेर त्यसैलाई सिद्दान्त भन्यो । कार्यनीतिलाई सिद्दान्त बनाएर एमालेले गरेको गल्तिलाई सच्याउनकै लागि हामीले एकता गरेको पनि भन्न सकिन्छ ।
जनतामा एउटा भ्रम छ । ओलीले कम्युनिष्ट नाम र झण्डाको दुरुपयोग गरेका छन् । ओलीले सरकारको नेतृत्व गर्नको लागि माओवादीसँग सहकार्य या एकता गरेका हुन । उनको एजेण्डा गणतन्त्र, धर्मनिरपेक्षता, संघियता, समावेशी र समानुपातिक त होइन । तर सरकारको नेतृत्व गर्न माओवादी नभई भएको थिएन । हाम्रो चाहना भने संविधान कार्यान्वयन थियो ।
अर्कोतिर हामीले युद्द र आन्दोलनबाट प्राप्त उपलब्धीलाई कार्यान्वयन गर्न संविधान बनायौं, तर बिभिन्न सम्झौता गर्यौं । नयाँ संविधान हामीलाई चाहिएको थियो । कांग्रेस, एमालेलाई त २०४७ सालकै संविधान उत्कृष्ट लागेको थियो । संविधान अपूर्ण भएकैले विद्रोह भयो ।
नयाँ संविधान बनेपछि कार्यान्वयनको सवालमा बेवारिसे हुने खतरा देखिएको थियो । संविधानमा जे छ, हामीले संबिधान बनाएपछि त्यसलाई लागु गर्न हामी पनि सहभागी हुनुपर्यो । समाजवादमा पुग्नको लागि हामीलाई शक्ति चाहिएको छ र धु्रविकरण गर्नुछ ।
नेकपा एमालेभित्र समाजवादी कार्यदिशाका हिमायतीहरु थिए । उनीहरुसँग एकजुट हुन आवश्यक थियो । संविधान कार्यान्वयन गर्न एमालेभित्रका समाजवादी कार्यदिशाका हिमायतीहरुसँग सहकार्य गर्नैपर्दथ्यो । एमालेले समाजवादी कार्यदिशा बोकेकोले एकता गरेका हौं । तर एमालेको नेतृत्व गरेका केपी ओली र उनको समूह सैद्दान्तिक रुपमा वुर्जुवाभन्दा तल थिए ।
जनतामा एउटा भ्रम छ । ओलीले कम्युनिष्ट नाम र झण्डाको दुरुपयोग गरेका छन् । ओलीले सरकारको नेतृत्व गर्नको लागि माओवादीसँग सहकार्य या एकता गरेका हुन । उनको एजेण्डा गणतन्त्र, धर्मनिरपेक्षता, संघियता, समावेशी र समानुपातिक त होइन । तर सरकारको नेतृत्व गर्न माओवादी नभई भएको थिएन । हाम्रो चाहना भने संविधान कार्यान्वयन थियो ।
संविधान कार्यान्वयन गर्न एमाले फुट्दैन थियो । यस्तो अबस्थामा हामीसँग पनि सिंगै एमालेसँग एकता गर्नुको धेरै बिकल्प थिएन । एमालेभित्रका समाजवादी कार्यदिशाका हिमायतीहरुसँग हाम्रो मोर्चाबन्दी भयो । यही अबस्थामा ओलीले संसद बिघटन गरे । ओलीलाई हामीले कारबाही गर्नुपर्यो ।
संविधानमा संसद बिघटनको प्रावधान नभएकोले सर्बोच्च अदालतले संसद पुनस्र्थापना गरिदियो । ओलीले अध्यादेशमार्फत निरकुंश शासनसत्ता चलाउन खोजे । फेरी संसद बिघटन गरे । सर्बोच्चले पहिलेकोभन्दा ब्याख्यासहित कडा आदेश दियो ।
संसद पुनस्र्थापना भइसकेपछि ठूलो माहौल तयार भएको थियो । ओलीको दक्षिणपन्थी अवसरवाद र विश्व साम्राज्यवादसँग झुक्ने दलाल प्रबत्ति नाङ्गो भएको थियो । नेकपा रहेको समयमा विकास भइरहेको यो घट्नाक्रमले ओली न त पार्टी नेतृत्व न त सरकार नेतृत्व हुनेवाला थियो। तर त्यही समयमा साम्राज्यवादीले ओलीलाई बचाउन क्रषि कट्टेलले मागेकोभन्दा बढी फैसला गरेर नेकपा टुक्राए ।
ओलीले गरेको काम कारबाही सैद्दान्तिक रुपमा गलत छ र ओलीले माक्र्सवादलाई बिकृत बनाए भन्दै दुरुपयोग भयो भनेर कमरेड झलनाथ खनालले बिषय प्रष्ट पार्नुभयो । कमरेड माधव नेपालले ओलीले सांगठानिक रुपमा गरेको मनोमानीबिरुद्ध आवाज उठाउनु भयो । उहाँहरु एकै ठाउँमा हुनुहुन्छ । सैद्दान्तिक रुपमा उहांहरुले जवजको सैद्दान्तिक भारी बोक्ने पक्षभन्दा कम्युनिष्ट ध्रुविकरणतर्फ देखिने गरी बिद्रोह गर्नुभयो । उहाँहरुसँग हाम्रो सहकार्य र एकता हुनसक्छ ।
यदि साम्राज्यवादीहरुले ओलीलाई नबचाएको भए अहिले मुलुकमा फरक अबस्था आउने थियो । नेकपा नै हामीले बोकेको लाइनमा आउने थियो । त्यो हुन नसकेपनि ओली प्रबृत्तिलाई नाङ्गेझार पार्न र जनतालाई स्पष्ट पार्न हामी सफल भयौं । त्यसैले सैद्दान्तिक शुद्दताभन्दा पनि व्यवहारिक कार्यनीतिको प्रश्नले हामी एमालेसँग एक ठाउँमा आएका थियौं ।
माओवादी धारको रक्षाको प्रश्न
सांस्कृतिक बिचलन माओवादी धारमा ठुलो समस्या छ । बिचारको छिपछिपेपन देखा परेको छ । बिचारको गहिराईमा नपुगी अपनाइने कार्यबिधिले पुंजीवादी कार्यशैलीमा सीमित हुन्छ । अर्को भनेको दृष्टिकोणको अस्पष्टतता ।
कम्युनिष्ट पार्टी त भनेको छ, तर कम्युनिष्ट शैली केही पनि छैन । तेस्रो चाहिँ, कार्यदिशा सम्बन्धी प्रश्नमा तात्कालिन लक्ष्यमा पनि अस्पष्टतता देखियो । यही निर्वाचनदेखि निर्वाचनसम्म पुग्ने हो कि यसले सामाजिक रुपान्तरण गरेर गुणात्मक फड्को मार्ने ?
माओवादी धार गलत दिशामा गएको र बिभाजन भएर क्षति भएको बिषयमा सबैलाई चेत खुलेको छ । माओवादी केन्द्र त्यतिबेला एकीकृत माओवादी पार्टी थियो, ठूलो भएको दम्भले छोडेर जानेलाई गए पनि जाउन् भनेर घमण्ड देखायो । गएकालाई पनि यसलाई गाली गरेर के के न गछौं भन्ने थियो ।
अर्कोतिर संगठनात्मक अस्तव्यस्तताले समस्या छ । निरन्तर चेतनाको विकास गर्ने अभ्यासमा कमी आउनु र माक्र्सवादको अध्ययनमा कमी आएपछि सांगठानिक अस्तव्यस्तता हुने नै भयो । यस्तो अबस्थामा पदमुखी, दलाली, व्यापारी बन्नेदेखि गलत आचरणका समस्या देखिए । युद्दमा जुन विरता थियो, त्यसको पतन भयो ।
भोटको निम्ति गर्नुपर्ने गलत काममा प्रतिस्पर्धा देखियो । हिजो टिममा गाह्रो काम रोज्ने, नमिठो आफूले खाएर साथीलाई सकेसम्म मिठो खान दिने, मेरो पालोको निम्ति अरुको पालो नमिच्ने, सुत्नको निम्ति आफुलाई जस्तो भए पनि हुने तर साथीलाई राम्रो ठाउँमा सुताउने जस्ता कामदेखि शहीद हुन पाइन भनेर आवाज उठाउने पार्टीका हामी नेताकार्यकता पछिल्लो चरणमा बिगतको आदर्शभन्दा ठीक उल्टो बाटोमा हिड्न खोज्यौं ।
बैचारिक प्रशिक्षण नभएर निर्वाचन जित्न मात्र खोज्यौं । पहिलो पटक जित्यौं । दोस्रो पटक हार्यौं । किन हार्यौं भने हामीले जनताको जग छोड्यौं । जनताले हामीलाई हेरिरहेका थिए । नेतृत्वको कार्यशैली भत्कियो, गुटबन्दी भयो, अनि सबैतिर अराजकता देखापर्यो । यो महसुस हुुनु ठुलो कुरा हो । हामी यसलाई सच्याएर अघि बढ्छौं ।
माओवादी धार गलत दिशामा गएको र बिभाजन भएर क्षति भएको बिषयमा सबैलाई चेत खुलेको छ । माओवादी केन्द्र त्यतिबेला एकीकृत माओवादी पार्टी थियो, ठूलो भएको दम्भले छोडेर जानेलाई गए पनि जाउन् भनेर घमण्ड देखायो । गएकालाई पनि यसलाई गाली गरेर के के न गछौं भन्ने थियो ।
तर केही पनि भएन । बसेका र गएका सबैमा पुनमूल्यांकन गर्ने अवसर आयो र गरेका छौं । त्यसैले माओवादी धारा, चौम धारा, मसाल धारादेखि पुष्पलालधारासम्मलाई एकीकरणको दिशामा जान आवश्यक छ । हामी लचकताका साथ जान तयार छौं । अरु साथीहरु पनि त्यही बाटोमा आउनुभयो भने यो महाधिवेसनपछि नयाँ धु्रविकरण हुने नै छ ।
गतिशीलताका लागि प्रचण्ड नेतृत्व
बुर्जुवाहरु कमरेड प्रचण्डले तीन दशकदेखि अनवरत रुपमा गलत तवरले नेतृत्व गरेको भनेर आलोचना गर्छन । कम्युनिष्ट नामधारी पार्टीहरु पनि यदाकदा उनीहरुको पार्टीमा भएको नेतृत्व परिवर्तनलाई उदाहरण दिएर आलोचना गर्ने गर्दछन । त्यसमा कुनै सत्यता छैन । उनीहरुले कम्युनिष्ट पार्टीको नेतृत्व कसरी बन्छ र कस्तो हुन्छ ? भन्ने कुरा बुझेकै छैनन् ।
एउटै नेताले युद्द तयारीको नेतृत्व गरेको, युद्दको नेतृत्व गरेको, शान्ति प्रक्रियाको नेतृत्व गरेको, संविधान निर्माणको नेतृत्व गरेको, संविधान कार्यान्वयनको नेतृत्व गरेको, पार्टी एकता र धु्रविकरणको नेतृत्व गरेको तथा एकतामा समस्या देखा परेपछि त्यसबाट भएको बिद्रोहको पनि नेतृत्व गरेको नेपालको सन्दर्भमा पनि अन्यत्र पनि बिरलै पाइन्छ । यो सबै काम प्रचण्डको नेतृत्वमा भयो ।
नेतृत्व जड नभई गतिशिल हुनुपर्छ, आवश्यकता अनुसार दायाँ र बायाँ गरेपनि लक्ष्यमा अघि बढ्ने हुनुपर्छ । त्यो क्षमता प्रचण्डमा छ । गतिशिलता छ । माक्र्सवादको मुल आधारलाई पक्रेर आवश्यकता अनुसार परिमार्जन गर्ने क्षमता प्रचण्डमा छ । कस्ले कति नेतृत्व गर्यो होइन, बिचारमा विकास गरेर मुलुकको र जनताको सवाललाई हल गर्दै कम्युनिष्ट पार्टीलाई सही ढंगबाट कसले अघि बढायो भन्ने प्रश्न मुल हो ।
हिजो उहाँले ल्याएको बिचार र आजको बिचार हेर्दा आनकातान फरक छ र निरन्तर विचारको विकास गरेर अघि बढाएको देखिन्छ । निर्वाचनको बिधिबाट जनताको नेतृत्व गरेर समाजवादी क्रान्तिमा जाने जुन विचार ल्याइरहनु भएको छ, त्यसले पनि हाम्रो पार्टीमाात्र होइन, मुलुकको नेतृत्वको लागि क. प्रचण्ड निर्विकल्प नेता हो ।
बल प्रयोग र सशस्त्र बिद्रोहको बिचार शान्तिपुर्ण बाटो बन्द भएपछि गरिने हो, तर शान्तिपूर्ण बाटोबाट अग्रगामी लक्ष्य हांसिल हुने सम्भावना देखाएर क प्रचण्डले जुन बिचार ल्याइरहनुभएको छ, त्यसले पनि मूल नेतृत्व उहाँ नै हो र हुनुपर्छ । विचार, संगठन र सामुहिकताको नेतृत्व उहाँ नै हो ।
यसरी काम गर्दै जाँदा उहाँमा कहिलेकाँही मै हुँ भन्ने समस्या देखापर्छ । तर उहाँ त्यसलाई सच्याएर अघि बढिरहनु भएको छ । महाधिवेशनले उहाँलाई सहयोग गर्न र आमजनताको नेतृत्व गर्न बहुपदीय संरचनामा लांदैछ । म आफैं संगठन पिरामिड शैलीमा निर्माण होस भन्ने पक्षमा हुँ । तर संगठन छाता शैलीमा जाँदैछ । यसले केही समस्या ल्याए पनि अहिलेको भद्रगोल अबस्थालाई समेट्न भने आवश्यक नै हुन्छ ।
एमसीसीमा जबर्जस्ती गरिए गठबन्धन टुट्छ
हामीले एमालेसँग एकता गरेर मुलुकमा अग्रगामी राजनीति लक्ष्य प्राप्ती गर्दै राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्या हल गर्न खोजेका थियौं । तर ओलीले दक्षिणपन्थी राजनीतिक यात्रा र साम्राज्यवादीको दलालीबाट आफूलाई बाहिर निकाल्न नसकेपछि अहिलेको अबस्था आएको हो ।
निर्वाचनमा तालमेल गछौं गर्दैनौं, त्यो अलग कुरा हो । निर्वाचनको तालमेल भावनाको कुरा मात्र हो । तर निर्वाचनसम्म सहकार्य गरेर संविधान कार्यान्वयनलाई अघि बढाउन हामी र कांग्रेस तयार भएर नै अहिलेको गठबन्धन बनेको हो ।
युद्द र आन्दोलनबाट प्राप्त संविधान मार्न ओली उद्यत भएपछि कांग्रेससँग सहकार्य गर्न हामी बाध्य भएका हौं । कांग्रेस संसद बचाउन खोज्ने तर ओली संसद भंग गरेर संविधान पनि च्यात्न खोज्ने भएपछि हामीले कार्यनीतिक रुपमा कांग्रेससँग सहकार्य गरेका हौं ।
कांग्रेससंग सहकार्य गर्दा हामीले न्युनतम साझा नीति र कार्यक्रम लागु गरेर संसद र संविधानको रक्षा गर्न आगामी निर्वाचनसम्म सहकार्य गर्न खोजेका हौं । निर्वाचनमा तालमेल गछौं गर्दैनौं, त्यो अलग कुरा हो । निर्वाचनको तालमेल भावनाको कुरा मात्र हो । तर निर्वाचनसम्म सहकार्य गरेर संविधान कार्यान्वयनलाई अघि बढाउन हामी र कांग्रेस तयार भएर नै अहिलेको गठबन्धन बनेको हो ।
निर्वाचनसम्म गर्ने कामको लागि नै न्युनतम साझा नीति कार्यक्रम लागु गरिएको हो । कांग्रेस र हाम्रो एजेण्डा फरक छ । तर पछिल्लो चरणमा कांग्रेस आफ्नो एजेण्डा घुसाउन प्रयासरत छ । हामीले समाजवाद हुंदै साम्यवादमा पुग्ने कुरा पनि राख्न पाएनौं र उसले बीपीको प्रजातान्त्रिक समाजवाद पनि राख्न पाएन । त्यसैगरी बिदेशीसँग भएका सन्धि सम्झौताबारे पनि साझा सहमति भएका बिषय मात्र राख्न पाइयो ।
एमसीसीमार्फत एमाले र साम्राज्यवादीहरुले कांग्रेससँग खेलिरहेका छन । त्यो खेल बुझ्दाबुझ्दै कांग्रेस त्यसलाई अघि बढाउन खोज्छ र पारित गर्छ भने हामी कांग्रेससँगको सहकार्य तोडछौं ।
पछिल्लो चरणमा कांग्रेस हामीले असहमति राख्दै आएको मिलियन च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सँग भएको सम्झौता पारित गराउन खोजिरहेको देखिन्छ । यसलाई जस्ताको तस्तै पारित गर्नुहुदैन भनेर हाम्रो पार्टीले निर्णय गरिसकेको छ । मेरो त पार्टीमा पनि अलि फरक कुरा छ ।
तर जे भए पनि अहिलेको रुपमा पारित हुँदा भारतमा इष्ट इण्डिया कम्पनी छिरेजस्तै एमसीसीमार्फत अमेरिका छिर्न सक्छ । न्युनतम साझा नीति कार्यक्रममा यो नभएको हुनाले हामी त्यसको पक्षमा छैनौं ।
एमसीसीमार्फत एमाले र साम्राज्यवादीहरुले कांग्रेससँग खेलिरहेका छन । त्यो खेल बुझ्दाबुझ्दै कांग्रेस त्यसलाई अघि बढाउन खोज्छ र पारित गर्छ भने हामी कांग्रेससँगको सहकार्य तोडछौं । एमसीसीमा हिन्द प्रशान्त रणनीति जोडिएको छ । जुन कुरा अमेरिकाको राष्ट्रिय सुरक्षा र सैन्य रणनीतिसँग जोडिएको हो । हामी जस्ताको तस्तै पारित गर्ने पक्षमा छंदैछैनौं । यो सम्झौता अन्तरराष्ट्रिय नियमानुसार पनि छैन ।
एमसीसी जस्ताको तस्तै पारित गर्न तयार भएको भए क. कृष्णबहादुर महरामाथि षडयन्त्र हुदैन थियो । न त अग्निप्रसाद सापकोटामाथि यति ठुलो आक्रमण नै हुन्थ्यो । हामी अहिलेको रुपमा एमसीसी पारित गरेर नेपाललाई घात गर्नुभन्दा सत्ता सहकार्य टुङ्गयाएर नयाँ प्रकारले जान तयार छौं । साम्राज्यवादीहरुको उक्साहटमा लागेर जबरजस्ती एमसीसी पारित गराउन लागियो भने हामी सरकारमा नरहन सक्छौं ।
(नेकपा माओवादी केन्द्रका नेता लीलामणी पोखरेलसँग कुराकानीमा आधारित)
श्रीमतीलाई मन्त्री बनाईदिएकाेले प्रचण्डकाे चाकडी गरेका हुन लिलामणीले । प्रचण्ड देशकै कुलंघार नेता हुन् । आफ्नाे स्वार्थ सिद्द हुने भएमा देशै पनि बेच्ने नेता । ५२ साल पछि नेपालमा अस्थिरता ल्याउन विदेशीले यस्ता दलालकाे प्रयाेग गरिरहेका छन् । प्रचण्ड अब श्रीमतीलाई मन्त्री बनाईदिने लिलामणी जस्ताका मात्र नेता हुन् ।