कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन पुस अन्तिममा बोलाउने तयारी – Nepal Press

कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन पुस अन्तिममा बोलाउने तयारी

सुर्खेत । कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन पुस अन्तिममा बोलाइने तयारी गरिएको छ ।

नेकपा एमालेले सदन निरन्तर अवरुद्ध गर्न थालेपछि गत जेठमा संसद अधिवेशन अन्त्य भएको थियो । अध्यादेशमार्फत बजेट ल्याएको सरकारले जेठ महिनाको अन्तिम दिन रातको १२ बजेदेखि लागू हुनेगरी बजेट अधिवेशन अन्त्य गरेको थियो ।

प्रदेशसभा नियमावलीअनुसार प्रदेशसभा अन्त्य भएको बढीमा ६ महिनाभित्र अर्को अधिवेशन आह्वान गर्नुपर्ने हुन्छ । सोही आधारमा पुसको अन्तिममा सदन आह्वानको तयारी भएको प्रदेशसभा सभामुख राजबहादुर शाहीले बताए ।

उनले भने – सरकारको सिफारिसमा प्रदेश प्रमुखले हिउँदे अधिवेशन आव्हान गर्ने व्यवस्था छ । प्रदेश सभा नियमावलीमा बढिमा ६ महिनाको ग्याप राख्न पाईने व्यवस्थाका आधारमा आगामी पुस मसान्तसम्म अधिवेशन बोलाइसक्नुपर्छ । हिउदे अधिवेशनले धेरै काम गर्नुपर्नेछ । यद्यपी विजनेश दिने कुरामा भने सरकार नै बढि जिम्मेवार हुनेछ ।

गएको जेठमा पार्टीको ह्वीप उलंघन गर्दै फ्लोर क्रस गरेका सांसदहरुलाई कारवाही गर्नुपर्ने भन्दै एमालेले संसद अवरुद्ध गर्दै आएको थियो । एमालेले आफ्नो पार्टीले कारवाही गरेका सांसदहरुलाई मन्त्रीबाट हटाउनुपर्ने र सदनमा उपस्थित हुन नदिनुपर्ने माग राख्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर