माओवादीमा समूहगत छलफल जारी, सुझाव सुन्न प्रचण्ड फिल्डमा (तस्बिरहरु) – Nepal Press

माओवादीमा समूहगत छलफल जारी, सुझाव सुन्न प्रचण्ड फिल्डमा (तस्बिरहरु)

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को आठौं महाविधेशन अन्तर्गत आज अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदनमाथि छलफल जारी छ ।
बिहान ११ बजदेखि २५ समूहमा उनको प्रतिवेदनमाथि छलफल सुरु भएको थियो ।
राजधानीका विभिन्न स्थानमा भइरहको छलफलका सुुझाव सुन्न प्रचण्ड आफैं केही ठाउँमा समेत पुगेका थिए । यद्यपि सबै समूहको छलफलको निष्कर्ष भने बोलि बिहान ११ बजेपछि शुरु हुने बन्दसत्रमा सुनाइने छ ।
समूहगत छलफलबाट प्राप्त सुझावलाई समेत समेटेर प्रतिवेदनलाई अन्तिमरुप दिने र पारित गर्ने बताइएको छ ।
प्रतिवेदन पारित भएपछि महाधिवेशन नेतृत्व चयनमा प्रवेश गर्ने छ ।
माओवादीले वरिष्ठ उपाध्यक्षसहित १५ पदाधिकारी रहने गरि विधानमा व्यवस्था गर्न लागेको छ । अध्यक्षमा प्रचण्ड निर्विकल्प भए पनि अन्य पदका आकांक्षी धेरै छन् ।
माधिवेशनले अध्क्षमा प्रचण्डलाई पुनः अनुमोदन गर्दै २९९ सदस्यीय समिति चयन गरेर सकिने सम्भावना छ ।
नेता वर्षमान पुन विदेशमा रहेको र आकांंक्षी व्यवस्थापन पनि गाह्रो भएको भन्दै प्रचण्ड अहिले पदाधिकारी नबनाउने सोचमा छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर