कांग्रेस रोल्पाका सहसचिवको मोटरसाइकलमा आगजनी – Nepal Press

कांग्रेस रोल्पाका सहसचिवको मोटरसाइकलमा आगजनी

रुपन्देही । नेपाली कांग्रेस रोल्पाका सहसचिवको मोटरसाइकल र अर्का एक नेताको घरमा आगजनी भएको छ ।

सहसचिव सुनिलकुमार वलीको रा ५ प ९५२१ नम्बरको मोटरसाइकल आइतबार अज्ञात समूहले आगजनी गरेको हो ।

कांग्रेस रोल्पा उपसभापति हरिबहादुर पुन, सचिव शेरबहादुर थापा र सहसचिव सुनिलकुमार वली श्रद्धाञ्जली सभामा पुगेका थिए ।

गंगादेव गाउँपालिका ४ का पार्टी वडा कार्यसमिति सदस्य गनबहादुर डांगीको १३ औं पुन्यतिथिमा आइतबार श्रद्धाञ्जली सभा भएको थियो ।

उक्त कार्यक्रमका लागि सहसचिव वली मोटरसाइकलमा गएका थिए । उनी सवार रहेको उक्त मोटरसाइकल अज्ञात समूहले आगजनी गरेको हो ।

श्रद्धाञ्जली कार्यक्रम सकेर नेताहरू स्थानीय गंगादेव गाउंपालिका ५ का नदु डाँगीको घरमा बसेको आशंकामा अज्ञात समूहले उक्त घरमा पनि आगजनी गरेका छन् ।

घर र मोटरसाइकलमा आगजनी गर्ने समूहलाई खोजी गरी कानुनी कारबाही गर्न रोल्पा कांग्रेस सभापति किशोरकुमार आचार्यले आज विज्ञप्ति निकालेर माग गरेका छन् ।

घटनाको कांग्रेस नेता मनोजमणी आचार्यले सामाजिक सन्जालमा राखेर सूचना राखेर रोल्पामा हिंसा र आतंक कहिलेसम्म भन्दै विरोध गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर