हनुमानढोकामा पर्यटकलाई दोहोरो टिकट: रकम फिर्ता गर्न काठमाडौं महानगरलाई आग्रह – Nepal Press

हनुमानढोकामा पर्यटकलाई दोहोरो टिकट: रकम फिर्ता गर्न काठमाडौं महानगरलाई आग्रह

काठमाडौं । हनुमानढोका दरबार हेरचाह अड्डाले सम्झौता भएअनुरुपको बाँकी रकम तत्काल फिर्ता गर्न काठमाडौं महानगरपालिकालाई आग्रह गरेको छ । अहिले अड्डाले विदेशीको लागि ३०० को टिकटको व्यवस्था गरेको छ ।

यसअघिसम्म महानगरले विदेशीको लागि एक हजार र दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क० राष्ट्रका नागरिकको लागि ७५० लिने गरेको थियो । यसबाट उठेको रकमको २५ प्रतिशत अड्डालाई दिने गरी २०६८ मा ती दुई निकायका बीचमा सम्झौता भएको जनाइएको छ ।

सम्झौताअनुसार पहिलो चरणमा कोरोना भाइरस सुरु हुनुभन्दा पहिलेकै तीन करोड ५० लाख र त्यसपछिको ५० लाख गरी चार करोड दिनुपर्ने अडडको भनाइ छ । उक्त रकम तत्काल दिन महानगरलाई आग्रह गरिएको छ । यसरी हनुमानढोका प्रवेशमा महानगरले र अड्डाले फरक फरक प्रवेश शुल्क लिँदा विदेशी नागरिक दोहोरो मारमा पर्दै आएका छन् ।

खर्च व्यवस्थापन गर्न समस्या भएको भन्दै अड्डाले महानगरलाई पटकपटक जानकारी गराउँदै यसअघि बाँकी रहेको रकम दिन आग्रह गर्दासमेत उपलब्ध नभए पनि आफूहरुले विदेशीको लागि छुट्टै टिकटको व्यवस्था गरेको हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले जानकारी दिए।

महामारी सुरु हुनुपूर्वको तीन करोड ५० लाख त्यसपछिको केही रकम गरी हाल करिब चार करोड दिन बाँकी रहे पनि प्राप्त गर्न नसकेकाले हनुमानढोका विकास समिति सञ्चालन बोर्डको निर्णयअनुसार उक्त स्थानमा विदेशी प्रवेश गर्नका लागि ३०० को छुट्टै व्यवस्था गरेको हो । उनले महानगरलाई यसअघि दिनुपर्ने रकम दिन र आगामी दिनमा पनि त्यसलाई निरन्तर गर्न आग्रह गर्दै आएको बताए ।

मागअनुरुप महानगरले बक्यौता रकम र आगामी दिनमा पनि सम्झौता भएअनुसारको रकम प्रदान गरेको अवस्थामा विदेशी पाहुनाको लागि आफूहरुले लिने गरेको ३०० को टिकट रद्द गर्ने प्रमुख खनालले स्पष्ट पारे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *