सैनिक प्रवक्ता फेरिए : सन्तोषवल्लभको ठाउँमा नारायण सिलवाल – Nepal Press

सैनिक प्रवक्ता फेरिए : सन्तोषवल्लभको ठाउँमा नारायण सिलवाल

काठमाडौं । नेपाली सेनाको प्रवक्तामा सहायक रथी नारायण सिलवाल नियुक्त भएका छन् ।

जंगी अड्डाले सोमवार ठूलो संख्यामा सैनिक अधिकारीहरुको सरुवा गर्ने क्रममा सैनिक जनसम्पर्क निर्देशनालयको प्रमुखमा सिलवालको सरुवा भएको हो ।

यसअघिका सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलको शान्ति कार्य निर्देशनालयमा सरुवा भएका छन् ।

हाल बालाजुस्थित एक नम्बर बाहिनीपति रहेका सिलवालले प्रवक्ताको जिम्मेवारी सम्हाल्न अझै दुई साताजति लाग्ने प्रवक्ता पौडेलले बताए ।

सिलवालले पाकिस्तानबाट नेशनल सेक्युरिटी एण्ड वार कोर्ष गरेका छन् । संसारभर सबैभन्दा माथिल्लो तहको सैन्य तालिम मानिने यो कोर्षलाई नेशनल डिफेन्स कोर्ष (एनडिसी) समेत भनिन्छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *