माओवादी महाधिवेशनको बन्दसत्र सुरु, समूहगत छलफलको निष्कर्ष सुनाइँदै – Nepal Press

माओवादी महाधिवेशनको बन्दसत्र सुरु, समूहगत छलफलको निष्कर्ष सुनाइँदै

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशनको बन्दसत्रको तेस्रो दिनको बैठक सुरु भएको छ ।

बैठकमा हिजो समूहगत रुपमा भएका छलफलको निष्कर्ष सुनाइने छ । समूहगत निष्कर्ष सुनाउन प्रत्येक समूह नेतालाई १५ मिनेटको समय दिइएको छ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको राजनीतिक प्रतिवेदन र स्थायी समिति सदस्य देव गुरुङले पेस गरेको विधान संशोधन सम्बन्धी प्रस्तावमाथि २५ वटा समूहमा छलफल भएको थियो ।

समूहत छलफलका निष्कर्ष सुनाउने काम सकिएपछि यी दुई प्रतिवेदन सुझावहरुसमेत समेटेर पारित हुने छन् । त्यसपछि महाधिवेशन नेतृत्व चयनमा प्रवेश गर्ने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर