कर्णालीका तीन मन्त्रालयमा मुख्यमन्त्री शाहीको छड्के – Nepal Press

कर्णालीका तीन मन्त्रालयमा मुख्यमन्त्री शाहीको छड्के

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले बुधबार तीन वटा मन्त्रालयको छड्के निरीक्षण गरेका छन् ।

मुख्यमन्त्री शाहीले आन्तरिक मामिला तथा कानून मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको खड्के अनुगमन गरेका हुन् ।

तीन वटै मन्त्रालयमा अधिकांस कर्मचारीहरु अनुपस्थित थिए ।

चिसोको बहाना बनाएर कर्मचारी मन्त्रालयमा ढिलो उपस्थित भएको, केही जानकारी नै नगराएर मन्त्रालयमा नआएको पाइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

मुख्यमन्त्री शाहीले समयको व्यवस्थापनमा ध्यान दिन कर्मचारीहरुहलाई निर्देशन दिएका छन् ।

उनले भने – समय पैसा हो, समय जीवन हो । बहाना बनाएर समय टार्ने छुट कसैलाई छैन् ।

मुख्यमन्त्री शाहीले मातहतका मन्त्रालय, महाशाखा, जिल्ला कार्यालय, विकास योजना, सार्वजनिक सरोकारका क्षेत्रको नियमित छड्के अनुगमन गर्दै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर