इच्छाराजलाई पूर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश, १० जना छुटे – Nepal Press
सिभिल सहकारी ठगी प्रकरण

इच्छाराजलाई पूर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश, १० जना छुटे

काठमाडौं । जिल्ला अदालत काठमाडौंले सिभिल ग्रुपका अध्यक्ष तथा एमालेका पूर्व सभासद इच्छाराज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

उक्त समूहका हालका अध्यक्ष केशवलाल श्रेष्ठ पनि जेल चलान भएका छन् भने पक्राउ परेका अन्य १० जना धरौटीमा रिहा भएका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले सिभिल सहकारी ठगी प्रकरणमा अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयमा फाइल बुझाएको थियो ।

जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौंमा ठगी र संगठित अपराधमा मुद्दा दायर गरेको थियो ।

१५०३ निक्षेपकर्ताले सिभिल सहकारीमा जम्मा भएको रकम अपचलन भएको भन्दै ४२ जनाविरुद्ध उजुरी दिएका थिए ।

उनीहरुमध्ये १२ जनालाई पक्राउ गरिएको थियो । पक्राउ परेकामध्ये १ जना साधारण छारखेमा छुटेका छन् भने ९ जनालाई धरौटीमा छाडिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर